१३ मंसिर २०८०, बुधबार | November 29, 2023

लकडाउन खुकुलो बनाउन संसदीय समितिको निर्देशन



काठमाडौं । संसदीय समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्धि गर्न र लकडाउनलाई क्रमश खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकले कोरोना भाइरसको नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई बढाउन सरकारलाई निर्देशन दिएको हो । समितिले स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइनलाई मापदण्ड अनुसार बनाउनुपर्ने, आइसोलेसन बेडहरु प्रयाप्त मात्रामा निर्माण गर्नुपर्ने, किसानहरुलाई मल तथा बीउबिजन उपलब्ध गराउनु पर्ने र उत्पादित वस्तु बजार सम्म पु-याउन सहज बनाउन समेत निर्देशन दिएको छ ।

समितिले विदेशमा अलपत्र परेका कामदार र भारतसँगको सीमावर्ती क्षेत्रमा बसेका मानिसहरुलाई संक्रमण नियन्त्रण सम्बन्धी विश्वव्यापी मापदण्ड अनुसार व्यवस्थित रुपमा घर फर्कने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

विदेशमा रहेका नेपालीहरुको समस्या समाधानका लागि प्रधानमन्त्री स्तरबाटै सम्बन्धित देशमा कुरा भइसकेको र कुनै समस्या भए सम्बन्धित देशले नै समाधान गर्ने उपप्रधानमन्त्री एवं कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेलले बताउनुभयो ।

गृहमन्त्री रामबहादुर थापाले भारतीय सीमा पारी करिब २१ सय नेपालीहरु क्वारेन्टाइनमा रहेको जानकारी दिनुभयो । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारसँग उपलब्ध भएका परीक्षण किटहरुको आधारमा कन्ट्याक ट्रेसिङको मापदण्ड बनाई परीक्षण गरीएको बताउनुभयो । उहाँले पछिल्लो केही दिन यता पीसीआर प्रविधिबाट गरीने परीक्षणलाई पनि बढाइएको बताउनुभयो ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १ : १० बजे

जसपाले तीन महिने अभियानलाई निरन्तरता दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको तीन महिने

लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं बार्षिकोत्सवको अवसरमा सिटी क्याम्पस

एनसेलको विदेशी लगानीकर्ता आजियाटाले गर्‍यो नेपालबाट बाहिरिने घोषणा

काठमाडौं । नेपालको ठूलो दूरसञ्चार सेवा प्रदायकमध्येको एनसेलको मुख्य कम्पनी

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति ५२ सदस्यीय, १४ जना मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो  केन्द्रीय समितिलाई ५२

पति-पत्नीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली डाइभर्ट

नयाँदिल्ली । यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको