१४ चैत्र २०७९, मंगलबार | March 28, 2023

कालापानी लिपुलेक क्षेत्रमा भारतले विस्तार गरेको सडकप्रति राजमोको बिरोध



बुटवल । नेपाली भूमि अतिक्रमण गरेर भारतले दार्चुलाको कालापानी क्षेत्रमा बाटो खोलेकोप्रति राष्ट्रिय जनमोर्चाले बिरोध गरेको छ ।

कालापानी क्षेत्र लिपुलेक र लिम्पियाधुराको नेपालको भूमि भारतले अतिक्रमण गरेर सडक विस्तार गरेको भन्दै राष्ट्रिय जनमोर्चाले देशभर बिरोध प्रदर्शन गरेको हो । कालापानी क्षेत्र लिपुलेक र लिम्पियाधुराको भू-भाग नेपालको नक्सामा राखेर सार्वजनिक गर्नुपर्ने बताउंदै आएको पार्टी राष्ट्रिय जनमोर्चाले सोमबार रुपन्देहीको बुटवलमा भारतको बिरोध गरेको हो ।

नेपाललाई सबै भन्दा बढी खतरा भारतबाट रहेकाले आफ्नो भूमी संरक्षणका लागि सबै नेपालीबीच एकता आवश्यक रहेको सो पार्टीका नेताहरुले बताएका छन् । बुटवलमा आयोजित कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता गणेश गौतमले भारतले कालापानी क्षेत्रमा हस्तक्षेप गरेर बाटो बनाएको विषयलाई अन्तर्राष्ट्रिय मुद्वा बनाउनु पर्ने बताउनुभयो । भारतले आफ्नो साम्राज्यबादी नीति अनुसार नेपालको स्भाविमान र सार्वभौममाथि ठाडो हस्तक्षे गर्दै आएकाले अब अन्तर्राष्ट्रिय अदालतमा जानुको विकल्प नरहेको बताउनु भभयो । दिन दाहाडै भारतले नेपाली भूमि मिचिरहंदा पनि सरकारले कुटनीतिक पहल गर्न नसक्नु दुख्खको विषय रहेको बताउंदै तत्काल कुटनीतिक पहल गरेर समस्याको समाधान गर्न सरकारसंग माग गर्नुभयो ।

नेपालको भूमिमा सडक विस्तार गरेर उद्घाट गर्दासमेत नेपाल सरकारले चाल नपाउनु गम्भीर विषय रहेको बताउंदै दुइ तिहाईको नामको कम्युनिष्ट सरकार भारतसंग बोल्न नसकेको नेता गौतमको दावी छ । राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव टानबहादुर केसीले नेपालको लागि सबै भन्दा ठूलो खतरा भारत रहेकाले भारतीय पक्षको विश्वास गर्न नसकिने बताउनुभयो ।

सचिव केसीले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्न र कालापानीबाट भारतीय सेना फिर्ता गराउन सरकारसंग माग गर्नुभयो । कालापानी क्षेत्रबाट मानवसरोवर जोड्ने गरी भारतले विस्तार गरेको बाटो भारतका रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि नेपालमा चौतर्फी बिरोध शुरु भएको छ ।

कोरोनाको महामारीको बेला भारतले नियतबस नेपालको सहमति बिना कालापानी क्षेत्रमा सडक विस्तार र उद्घाटनलाइ नेपालप्रति भारतको गलत नियत रहेको भन्दै भारतको चौतर्फी बिरोध हुन थालेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ४ : ४६ बजे

‘तिलौराकोट-कपिलबस्तु सम्पदा उत्सव’

लुुम्बिनी । प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुका पुरातात्विक सम्पदाहरुको संरक्षण

एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा

काठमाडौं । नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका

एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली

गुल्मी । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

कांग्रेस कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सर्‍यो

काठमाडौं । मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति

आर्ट अफ लिभिङको आयोजनामा ‘रामलला की माता’ कथा

भैरहवा । मानवलाई ‘जिवन जिउने कला’ सिकाउदै अघि बढेको संस्था