१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कालापानी लिपुलेक क्षेत्रमा भारतले विस्तार गरेको सडकप्रति राजमोको बिरोध



बुटवल । नेपाली भूमि अतिक्रमण गरेर भारतले दार्चुलाको कालापानी क्षेत्रमा बाटो खोलेकोप्रति राष्ट्रिय जनमोर्चाले बिरोध गरेको छ ।

कालापानी क्षेत्र लिपुलेक र लिम्पियाधुराको नेपालको भूमि भारतले अतिक्रमण गरेर सडक विस्तार गरेको भन्दै राष्ट्रिय जनमोर्चाले देशभर बिरोध प्रदर्शन गरेको हो । कालापानी क्षेत्र लिपुलेक र लिम्पियाधुराको भू-भाग नेपालको नक्सामा राखेर सार्वजनिक गर्नुपर्ने बताउंदै आएको पार्टी राष्ट्रिय जनमोर्चाले सोमबार रुपन्देहीको बुटवलमा भारतको बिरोध गरेको हो ।

नेपाललाई सबै भन्दा बढी खतरा भारतबाट रहेकाले आफ्नो भूमी संरक्षणका लागि सबै नेपालीबीच एकता आवश्यक रहेको सो पार्टीका नेताहरुले बताएका छन् । बुटवलमा आयोजित कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता गणेश गौतमले भारतले कालापानी क्षेत्रमा हस्तक्षेप गरेर बाटो बनाएको विषयलाई अन्तर्राष्ट्रिय मुद्वा बनाउनु पर्ने बताउनुभयो । भारतले आफ्नो साम्राज्यबादी नीति अनुसार नेपालको स्भाविमान र सार्वभौममाथि ठाडो हस्तक्षे गर्दै आएकाले अब अन्तर्राष्ट्रिय अदालतमा जानुको विकल्प नरहेको बताउनु भभयो । दिन दाहाडै भारतले नेपाली भूमि मिचिरहंदा पनि सरकारले कुटनीतिक पहल गर्न नसक्नु दुख्खको विषय रहेको बताउंदै तत्काल कुटनीतिक पहल गरेर समस्याको समाधान गर्न सरकारसंग माग गर्नुभयो ।

नेपालको भूमिमा सडक विस्तार गरेर उद्घाट गर्दासमेत नेपाल सरकारले चाल नपाउनु गम्भीर विषय रहेको बताउंदै दुइ तिहाईको नामको कम्युनिष्ट सरकार भारतसंग बोल्न नसकेको नेता गौतमको दावी छ । राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव टानबहादुर केसीले नेपालको लागि सबै भन्दा ठूलो खतरा भारत रहेकाले भारतीय पक्षको विश्वास गर्न नसकिने बताउनुभयो ।

सचिव केसीले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्न र कालापानीबाट भारतीय सेना फिर्ता गराउन सरकारसंग माग गर्नुभयो । कालापानी क्षेत्रबाट मानवसरोवर जोड्ने गरी भारतले विस्तार गरेको बाटो भारतका रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि नेपालमा चौतर्फी बिरोध शुरु भएको छ ।

कोरोनाको महामारीको बेला भारतले नियतबस नेपालको सहमति बिना कालापानी क्षेत्रमा सडक विस्तार र उद्घाटनलाइ नेपालप्रति भारतको गलत नियत रहेको भन्दै भारतको चौतर्फी बिरोध हुन थालेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ४ : ४६ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क