१३ चैत्र २०७९, सोमबार | March 28, 2023

पशुपति गौशालाको संयोजनमा असाहयलाई खाना खुवाउने क्रम जारी



काठमाडौं । कोरोना भाईरसको संक्रमणबाट जोगिन सरकारले लगाएको लगाएको लकडाउन निरन्तर जारि छ । तर, लकडाउनकै कारण दैनिक खाना खानसमेत अप्ठेरोमा परेका व्यक्तिहरुलाई पशुपति गौशालाको व्यवस्थापनमा खाना खुवाईंदै आएको छ ।

खाना खुवाउने कार्यक्रमलाई हिन्दू स्वयम् सेवक सघं परिवारका सदस्यहरूले संयोजन गरेका छन् । बुधबार पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खाना खुवाइएको छ ।

बुधबार तीनकुने गैरीगाउँमा ४८६ जना , भक्तपुर जिल्लाको जडिबुटी मनोहरा सुकुम्बासी बस्तीमा १८०७ जना, सिफलमा १४० जना, काठमाण्डौ ओम् शान्ति चोकमा ७८७ जना गरी ३२२० जनालाई खाना खुवाइएको पशुपति गौशालाले जनाएको छ ।

लकडाउनको कारण घर जान नपाएकाहरुका परिवार, असाहय, गरिब परिवारहरुलाई पशुपति गौशालाले लकडाउनको तेस्रो दिनबाट खाना वितरणको व्यवस्थापन कार्य सुरु गरेको थियो । खाना वितरण कार्य लकडाउन अवधिभरि नै जारी रहने पनि जनाईएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ९ : ३८ बजे

‘तिलौराकोट-कपिलबस्तु सम्पदा उत्सव’

लुुम्बिनी । प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुका पुरातात्विक सम्पदाहरुको संरक्षण

एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा

काठमाडौं । नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका

एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली

गुल्मी । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

कांग्रेस कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सर्‍यो

काठमाडौं । मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति

आर्ट अफ लिभिङको आयोजनामा ‘रामलला की माता’ कथा

भैरहवा । मानवलाई ‘जिवन जिउने कला’ सिकाउदै अघि बढेको संस्था