९ चैत्र २०८१, शनिबार | March 22, 2025

सेयर बजार फेरि बन्द



काठमाडौं । बिहीबारदेखि सेयर कारोबार फेरि बन्द भएको छ ।

नेपाल धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेन्जले पुनः शेयर कारोबार बन्द गरेको हो । एक्सचेन्जले सूचना जारी गरेर लकडाउन अवधिभर (जेठ ५ गते सम्म) पुनः शेयर कारोबार बन्द गर्ने जानकारी दिएको छ ।

सरकारले विभिन्न ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्न दिने निर्णय गरेसँगै नेप्सेले मंगलबार देखि दिनको दुई घण्टाका लागि बढीमा २ प्रतिशत सम्म उतारचढाव हुने गरी कारोबार खुल्ला गरेको थियो ।

मंगलबार र बुधबार कारोबार भयो । कारोबार भएका दुबै दिन नेप्से नकारात्मक सर्किट लागेर र्निधारीत समय अघि नै बन्द भएको थियो । सरकारले फेरी बिहीबार (आज) देखि लकडाउनमा कडाई गरेसँगै नेप्सेले पनि लगानीकर्ताको स्वास्थ्यलाई ध्यान दिई कारोबार बन्द गरेको हो ।

दुई दिन बजार सञ्चालन गर्दा एक तिहाई कर्मचारीबाट कारोबार सञ्चालन गर्न भनिएको थियो । तर ब्रोकर कार्यालयमा भिडभाड बढेको र सरकारले पनि लकडाउनलाई कडाई गरेपछि बोर्डले कारोबार बन्र्द गर्न निर्देशन दिएको हो । दई दिन सम्म कारोबार हुुँदा नेप्से करिब ५० अंकले घटेर १ हजार २ सय १ अंकमा बन्द भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ३ : ०३ बजे

‘सङ्घीयतालाई सुदृढ बनाउन जरुरी छ’

बागलुङ । पूर्वउपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयतालाई सुदृढ बनाउन

तेश्रो लुम्बिनी अन्तरराष्ट्रिय ‘पिस म्याराथन’को उपाधि अनिशलाई

भैरहवा । लुम्बिनीमा सम्पन्न तेस्रो अन्तरराष्ट्रिय पिस म्याराथनको उपाधि अनिश

प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको अध्यक्षमा कुंवर

बुटवल । प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको प्रथम अधिवेशनले नवराज

दशौं डाँफे कप फुटबल : आयोजकको विजयी सुरुवात

खजुरा । बाँकेको खजुरामा आजबाट १० औं डाँफे कप फुटबल

भुर्तुङ समाजद्धारा मानवसेवा आश्रममा सहयोग

बुटवल । भुर्तुङ छापचौर तराई सम्पर्क समाज रूपन्देहीले मानवसेवा आश्रम