३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

महामारी पछिको खाद्य संकट समाधान गर्न प्रदेश नम्बर ५ सरकारले ल्यायो कोभिड बिशेष कार्यक्रम



बुटवल । प्रदेश नम्बर सरकारले कोभिड-१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैंया बिनीयोजन गरेको छ ।

सरकारले बिनियोजन गरेको बजेट कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख, गुल्मी,प्युठान, रुकुम र रोल्पामा बेमौसमी आलु उत्पादनका लागि १ करोड २० लाख रुपैंया बिनियोजन गरेको छ । यो कार्यक्रमाट ५ सय किसान लाभान्वित हुने सरकारले अपेक्षा गरेको छ । सरकारले प्रस्ताव गरेको कार्यक्रममा कम्तिमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गरेको हुनुपर्ने र त्यस्ता किसानलाई प्रति रोपनी ६ हजार रुपैंयाको दरले अनुदान प्रदान गरिने छ ।

त्यसै गरि दाङ,पाल्पा, अर्घाखाँची, गुल्मी,प्यूठान, रोल्पा र रुकुम सात जिल्लामा व्यवसायिक तरकारी उत्पादन गर्न प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्ने समेत प्रदेश सरकारले निर्णय गरेको छ । कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेका किसानलाई मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैंयाका दरले अनुदान दिईने छ । सरकारले यो कार्यक्रमका लागि १४ करोड रुपैंया खर्च गर्नेछ ।
मन्त्री परिषदको बैठकले कोभिड —१९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रमका लागि २१ करोड ८० लाख बजेट छुट्याएको छ । यो कार्यक्रम १ सय ९ वटै पालिकामा लागु हुनेछन् । व्यवसायिक खेतीका लागि मल विषादी, स—साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सरकारले सहयोग गर्ने छ । यो कार्यक्रममा प्रति किसान २० हजारका दरले अनुदान दिईने छ भने कार्यक्रमबाट १० हजार ९ सय लाभान्वित हुने सरकारले प्रक्षेपण गरेको छ ।

सरकारले बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैया छुट्याएको छ । १२ वटै जिल्लामा सञ्चालन हुने कार्यक्रममा प्रति बिघा २० हजार रुपैंयाका दरले अनुदान दिने तथा २ हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने सरकारको लक्ष्य रहेको छ ।

सरकारले कुखुरा पालन, दुघ्द उत्पादन, पशुपालन जस्ता कार्यक्रमका लागि पनि बजेट ब्यवस्था गरेको छ । सरकारले बिनियोजन गरेको बजेट असार मसान्त भित्रै खर्च गर्नुपर्ने समेत ब्यवस्था गरिएको मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेर बहादुर केसीले जानकारी दिनु भयो ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ७ : १० बजे

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका