३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

महामारी पछिको खाद्य संकट समाधान गर्न प्रदेश नम्बर ५ सरकारले ल्यायो कोभिड बिशेष कार्यक्रम



बुटवल । प्रदेश नम्बर सरकारले कोभिड-१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैंया बिनीयोजन गरेको छ ।

सरकारले बिनियोजन गरेको बजेट कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख, गुल्मी,प्युठान, रुकुम र रोल्पामा बेमौसमी आलु उत्पादनका लागि १ करोड २० लाख रुपैंया बिनियोजन गरेको छ । यो कार्यक्रमाट ५ सय किसान लाभान्वित हुने सरकारले अपेक्षा गरेको छ । सरकारले प्रस्ताव गरेको कार्यक्रममा कम्तिमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गरेको हुनुपर्ने र त्यस्ता किसानलाई प्रति रोपनी ६ हजार रुपैंयाको दरले अनुदान प्रदान गरिने छ ।

त्यसै गरि दाङ,पाल्पा, अर्घाखाँची, गुल्मी,प्यूठान, रोल्पा र रुकुम सात जिल्लामा व्यवसायिक तरकारी उत्पादन गर्न प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्ने समेत प्रदेश सरकारले निर्णय गरेको छ । कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेका किसानलाई मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैंयाका दरले अनुदान दिईने छ । सरकारले यो कार्यक्रमका लागि १४ करोड रुपैंया खर्च गर्नेछ ।
मन्त्री परिषदको बैठकले कोभिड —१९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रमका लागि २१ करोड ८० लाख बजेट छुट्याएको छ । यो कार्यक्रम १ सय ९ वटै पालिकामा लागु हुनेछन् । व्यवसायिक खेतीका लागि मल विषादी, स—साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सरकारले सहयोग गर्ने छ । यो कार्यक्रममा प्रति किसान २० हजारका दरले अनुदान दिईने छ भने कार्यक्रमबाट १० हजार ९ सय लाभान्वित हुने सरकारले प्रक्षेपण गरेको छ ।

सरकारले बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैया छुट्याएको छ । १२ वटै जिल्लामा सञ्चालन हुने कार्यक्रममा प्रति बिघा २० हजार रुपैंयाका दरले अनुदान दिने तथा २ हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने सरकारको लक्ष्य रहेको छ ।

सरकारले कुखुरा पालन, दुघ्द उत्पादन, पशुपालन जस्ता कार्यक्रमका लागि पनि बजेट ब्यवस्था गरेको छ । सरकारले बिनियोजन गरेको बजेट असार मसान्त भित्रै खर्च गर्नुपर्ने समेत ब्यवस्था गरिएको मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेर बहादुर केसीले जानकारी दिनु भयो ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ७ : १० बजे

एयर इन्डियाको विमानमा बम भएको हल्लाले थाइल्याण्डमा आकस्मिक अवतरण

काठमाडौं । एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ

लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा

नेपालगन्ज । लुम्बिनी प्रदेशको पहाडी जिल्लाहरुमा गरिने भूम्या पूजाका लागि

संसद् आजैदेखि खुल्छ : गगन थापा

इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध

उच्च अदालतका चार न्यायाधीशलाई मुख्य न्यायाधीशमा सिफारिस

काठमाडौँ । चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा

पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख