१५ जेष्ठ २०८०, सोमबार | May 30, 2023

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज, के के छन् सरकारी प्राथमिकता ?



काठमाडौं । सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।

अपरान्ह ४ बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

विभिन्न मन्त्रालयहरुले तयार गरेको कार्यक्रमको आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको नीति तथा कार्यक्रम तयार गरेको छ ।

कोरोना भाइरसको महामारीका बीच आउन लागेको नीति तथा कार्यक्रमलाई महामारीबाट राष्ट्रिय अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न प्रयास गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार र रोजगारी र अर्थतन्त्रको पुनरुत्थानलाई मुख्य प्राथमिकतामा राखिएको बताइएको छ ।

नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरी स्वास्थ्य सेवाको विस्तार, पूर्वाधार, औषधी, उपकरण उत्पादन आदिमा जोड दिइएको छ ।

नीति तथा कार्यक्रममा सरकारले आत्मनिर्भरता, औद्योगिक उत्पादन वृद्धि र निर्यातलाई जोड दिएको छ।यस्तै, कृषि क्षेत्रको उत्पादनको सुनिश्चितता र स्वरोजगार सिर्जना गर्ने, सम्भावित जोखिमलाई बाली तथा पशुपंक्षी बीमा मार्फत संरक्षण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ।

विपन्न एवं न्यून आयकर भएका जनता समेत बीमाको पहुँच विस्तार गर्न लघु बीमामा समेत कृषि तथा पशुपंक्षी बीमामा सरकारबाट ७५ प्रतिशत अनुदान प्रदान गर्ने व्यवस्था समेत मिलाइएको छ ।

नीति तथा कार्यक्रम मानवीय स्वास्थ्य, कृषि उत्पादन वृद्धि, साना तथा मझौला उद्योग, पर्यटन, सामाजिक सुरक्षा, रोजगारी सिर्जना, विपन्न समुदाय, निजी क्षेत्रलाई प्रोत्साहन दिने किसिमको हुने छ ।

राष्ट्रपतिले आज पेश गर्ने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते अर्थमन्त्रीले सरकारको वार्षिक बजेट पेश गर्नेछन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ७ : ४८ बजे

खजुरामा धुमधामका साथ मनाइयो गणतन्त्र दिवस

खजुरा । १६ औ गणतन्त्र दिवसलाई खजुरा गाउँपालिकाले बृहत कार्यक्रम

अव करदाताले क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र लिन सक्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा राजश्व प्रशासनलाई व्यापक सुधार

तयारी वस्तुमा भन्दा कच्चा वस्तुको आयातमा एक तह कम भन्सार लाग्ने

काठमाडौं । सरकारले तयारी वस्तुको तुलनामा कच्चा पदार्थ आयातमा लाग्ने

भारत भ्रमणबारे प्रधानमन्त्रीले गराए संसदलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा

Interview: Only an advanced democracy can be an alternative to democracy – PM Prachanda

The 16th Republic Day is being celebrated across the country