१८ चैत्र २०७९, शनिबार | April 1, 2023

सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै



काठमाडौं । सरकारले आज मध्यान्ह प्रस्तुत गर्ने तयारी गरेको नीति  तथा कार्यक्रमका बिषयमा छलफल गर्न अहिले बिहान नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्नु भएको छ ।

आजै दिउसो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि त्यसको तयारी र सरकारले तयार गरेको निति तथा कार्यक्रमका बिषयमा पार्टीका नेताहरुलाई जानकारी गराउन सचिवालयको बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज विहान साढे ८ बजे बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

यसअघि बैशाख ३१ गते तय भएको पार्टीको स्थायी कमिटीको बैठक स्थायी कमिटी सदस्य भिम रावलको पिएसओलाई कोरोना पोजिटिभ देखिएको भन्दै स्थगित गरिएको थियो ।

सरकारका संचालनका बिषयमा पार्टीसंग सल्लाह नगरेको र आफु खुी सरकार संचालन गरेको भन्दै नेकपाका २० जना स्थायी समिती सदस्यहरुले बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई पत्र बुझाए पनि अहिले सम्म बैठक बस्न सकेको छैन ।

बैशाख ३० गते मात्र दुई अध्यक्ष बिच बिबादका बिषयहरु उठान नगर्ने सर्तमा स्थायी कमिटी बैठक बोलाउने सहमती गरेका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ७ : ५१ बजे

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि

बालसुधार गृहका २४ जनाले दिए एसइई

नेपालगन्ज । अपराध कर्ममा फसेका बालकलाई सरकारले संचालन गरेको बाँकेको

दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन

बागलुङ । ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो

टरिगाउँ विमानस्थलः पहिलेकै धावनमार्ग विस्तारको तयारी

दाङ । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि पहिलो

आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर