९ चैत्र २०८१, शनिबार | March 22, 2025

बुटवलमा क्वारेन्टाइनमा बसेकालाई योगा अभ्यास



बुटवल । बुटवल उपमहानगरपालिकाले यहाँका क्वारेन्टाइनमा रहेकाको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भन्दै योगा अभ्यास सिकाउन थालेको छ ।

बुटवल-१२, तामनगरमा रहेको बुटवल कोरोना बिशेष क्वारेन्टाइनमा योगा सिकाउन थालिएको हो ।
क्वारेन्टाइनमा रहेकाहरुको रोगप्रतिरोधक क्षमता बढाउन आयुर्वेद चिकित्साको महत्व र स्थानीय जडिबुटीको यथोचित प्रयोगका साथै योगा सिकाउन थालिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा राखिएकाहरुलाई तनावबाट मुक्त पार्न र शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त राख्ने उपयुक्त विधिका रुपमा योगा सिकाउन थालिएको प्रमुख सुवेदीले बताउनुभयो ।

तनाव लिने, नैराश्यता देखाउने, मनलाई अशान्त बनाउँदा जुनसुकै रोगले पनि च्याँप्ने गर्छ तसर्थ यी सबैबाट मुक्त हुनका लागि योगा नै उपयुक्त विधि रहेको विज्ञहरुको भनाइ छ । शुक्रबार बिहान एक समारोहका बीच उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले योगाको शुभारम्भ गराउँदै आवश्यक परेमा सबै वडामा विस्तार गर्नेगरि योजना बनाइएको बताउनुभयो । तामनगरको क्वारेनटाइनमा रहेका ३६ जनालाई योगा गुरु र आयुर्वेदका जानकारहरुले योगाका विभिन्न आसन सिकाइरहेका छन् ।

केही दिन अघि धागो काराखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचारका लागि आएका कोरोना संक्रमित रुपन्देहीको कोटहीमाइका युवा करिब एक सातापछि निको भएर घर फर्किए । ती युवा अस्पतालमा नाच्ने र ध्यान गर्ने गर्दै आएको भिडियोसमेत सार्वजनिक भएको थियो ।

नृत्यलाई पनि उपचारको एउटा विधि मानिन्छ र यो योगा अन्तर्गत नै पर्ने योगा गुरु बाबुराम आचार्यले जानकारी दिनुभयो । कोरोना महामारीका बेलामा सबैतिर तनाव उत्पन्न भइरहेका बेलामा बुटवलले तनाव व्यवस्थापनको प्रभावकारी र उपयुक्त विधिको शुभारम्भ गरेको छ ।
योगा गुरुमार्फत नगर प्रहरीलाई तनावबाट मुक्त हुने, काममा एकाग्रता बढाउनेलगायतका विषयमा योगाको अभ्यास गराइएको उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिनुभयो ।

सुरक्षामा खटिनेलाई पनि योगा अभ्यास

यसैबीच बुटवल उपमहानगरपालिकाले सुरक्षामा खटिने नगरका प्रहरी र स्वयमसेवकहरुलाई पनि योगा अभ्यास सिकाएको छ । नगरप्रहरीको कामलाई अझ प्रभावकारी बनाउन योगा सिकाइको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो ।

के हो योगा ?

मस्तिष्कको स्वास्थ्यका लागि योगा एक प्राकृत्तिक औषधी हो । योगालाई योग पनि भन्ने गरिन्छ । योगको शाव्दिक अर्थ जोड हो । आत्माको परमात्मासितको जोडलाई नै योग भन्ने गरिन्छ । अहिले मनसँग शरीरको जोड कायम राख्ने र त्यसैका आधारमा शारीरिक तथा मानसिक स्वास्थ्यलाई बलियो बनाउने कामलाई नै योगा भन्न सकिन्छ ।

यस अर्थमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योगा भनिन्छ । परापूर्वकालमा ऋषिमुनि तथा योगीहरु अदृश्य शक्तिसित आफूलाई जोड्नका लागि योगा गर्थे । योगा र आयुर्वेदको प्रादूभार्ब नेपालबाटै भएको मानिन्छ । बद्लिदो जीवनशैली तथा खानपानका कारण मानिसहरुलाई स्वस्थ रहन पनि योगा आवश्यक छ ।
योगालाई रोगी व्यक्तिहरुको महत्वपूर्ण चिकित्सा पद्दति पनि मानिन्छ ।

योगको माध्यमबाट रोगी व्यक्तिले आफुलाई निरोगी, स्वस्थ्य तुल्याउन सक्छन् । स्वस्थ्य व्यक्तिहरुका लागि जीवन पद्दति र योगीरुका लागि साधना पद्धति मानिन्छ । योगाका याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग जस्ता आठ प्रकारका आसनमध्येको योगाको ध्यान विधि अहिलेको महामारीमा जोसुकैले पनि गर्न जरुरी र आवश्यक देखिएको योगगुरु आचार्यको भनाइ छ ।

केही वर्ष अघि जर्नल अफ अल्टरनेटिभ एण्ड कम्प्लीमेन्ट्री मेडिसिनमा प्रकासित एक सोधपत्रको जर्नलअनुसार दैनिक ६० मिनेट योगा गर्नाले मानिसको मस्तिकमा ‘गाभा’को मात्रा २७ प्रतिशतले बृद्धि हुन्छ ।

मस्तिष्कलाई आघात पु¥याउँदा नै स्मरण शक्ति नाश हुने, तनाव बढ्ने, संवेदनशीलतामा गडबढी आउने, टाउको दुख्ने र बोलीचाली गर्दा शब्दको उचित प्रवाह नहुने हुन्छ । जुन योगा गर्नाले समस्याको समाधान हुन्छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  १ : ४८ बजे

तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगल र डबल को उपाधी एपीएफको पोल्टामा

बुटवल । बुटवल ब्याडमिन्टन क्लबद्वारा आयोजित “तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा

सिरहामा दलित परिवारको घर भत्काउने पालिका प्रमुख विरुद्ध पीडितबाट प्रहरीमा जाहेरी

दलित परिवारको घर भत्काउने पालिका प्रमुख विरुद्ध पीडित परिवारबाट प्रहरीमा

देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छ : देव गुरुङ

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले

अख्तियारमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्नेमा जोड

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अख्तियार दुरूपयोग अनुसन्धान