१० चैत्र २०८२, मंगलबार | March 24, 2026

प्रमुख प्रतिपक्षी दल काँग्रेस भन्छ, – सीमा नाकामा हजारौं नागरिक आइपुगे, तत्काल देशभित्र ल्याऊ



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल भारत सीमा क्षेत्रमा हजारौं नेपाली नागरिक आइपुगेको भन्दै उनीहरुको तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामै थप हजारौं नेपाली भारतसँगको सीमा क्षेत्रमा आइपुगेको र तीसहित सीमामा अलपत्र नेपालीलाई नेपालभित्र आउन दिन सरकारसँग माग गर्नुभएको हो ।

कांग्रेसले हजारौं नेपाली सीमामा आइपुगेको विवरण पार्टी केन्द्रीय कार्यालयमा प्राप्त भएको दाबी जनाएको छ।

‘भारत सरकारले रेल र बस मार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट यसरी नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउनेबारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त छ भने कयौं नाकामा प्रवेश नपाएर नेपालीहरु अलपत्र स्थितिमा छन्,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कैयौं हप्तादेखि भारत सँगको बिभिन्न सीमा नाकामा अलपत्र परेका हजारौं संख्यामा रहेका नेपाली नागरिकलाई तत्काल नेपाल प्रवेश गर्न दिनुपर्ने सो पार्टीले माग गरेको छ।

जोखिमरहित ढंगले प्रवेश गराउन सरकारले तत्काल गम्भीरतासाथ पहल नगर्ने हो भने खाने—बस्ने कठिनाइमा हजारौं नेपाली दसगजा क्षेत्रमा थप प्रताडित हुने भन्दै कांग्रेसले सतर्कता र उच्च मानवीय भावना साथ काम गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ।

‘अर्कातर्फ लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्नेछ। अतः नाकामा आइपुगेका सबै नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश गराउन तथा उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परिक्षण पश्चात सुरक्षित रूपमा घर पुर्‍याउने प्रबन्ध गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ३ : ३६ बजे

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन