२८ जेष्ठ २०८३, बिहिबार | June 12, 2026

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने



नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो र भित्ते पात्रो प्रकाशन गरे कारवाही गर्ने चेतावनी दिएको छ । समितिले एक सूचना प्रकाशित गर्दै कुनैपनि प्रकारको पात्रो प्रकाशन गर्न समितिको स्वीकृति अनिवार्य रहेको जनाएको छ ।

सूचनामा तोकिएको शुल्क तिरेर समितिबाट स्वीकृति लिन सकिने उल्लेख गर्दै स्वीकृति बिना पञ्चाङ्ग वा क्यालेण्डर प्रकाशन नगर्न सूचित गरिएको छ ।

‘यस नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेश २०७७ को दफा ७ को उपदफा (ञ) र (ठ) अनुसार समितिको स्वीकृति बिना पञ्चाङ्ग तथा क्यालेण्डर प्रकाशन गर्न नपाइने भएको हुँदा प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाहरूले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति लिएर मात्र प्रकाशन गर्नु होला ।’ सूचनामा लेखिएको छ ।

समितिको सूचनामा स्वीकृतिका लागि पञ्चाङ्ग निर्णायक विकास समिति सञ्चालन दिग्दर्शन २०७९ को दफा २५ को उपदफा २, ३, ४ अनुसार तोकिएको शुल्क जम्मा गर्नुपर्ने उल्लेख छ । सूचना अनुसार मूल्य राखेर प्रकाशन गर्ने पात्रोका हकमा १० हजार, मूल्य नराखी वितरण गर्ने पात्रो वा क्यालेण्डरलाई ५ हजार र शैक्षिक संस्थाहरुमा आन्तरिक प्रयोजनका लागि प्रकाशन हुने क्यालेण्डरलाई २ हजार रुपैयाँ बुझाएपछि मात्र स्वीकृति प्राप्त हुने छ ।

समितिको स्वीकृति बिना प्रकाशित हुने पञ्चाङ्ग तथा भित्तेपात्रोलाई आवश्यक कारवाही हुने चेतावनी पनि सूचनामा दिइएको छ ।

 

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ५ : ५० बजे

क्यान्सरको औषधी सहजताका लागि तोकियो फार्मेसी, नेपालगन्जमा जानकी, भरतपुरमा राजदूत

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

खजुराको एउटै वडामा ७८ बालबालिका र ३१ गर्भवती कुपोषित

खजुरा । यातायात, स्वास्थ्य संस्था र शिक्षाको क्षेत्रमा सुगम मानिएको

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत । पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० दुबईका