२२ माघ २०८२, बिहिबार | February 5, 2026

भारतीय सेना प्रमुखको आरोप,- नेपालले अरु कसैको इशारामा भारतको विरोध गर्दैछ



काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले अरु कसैको आदेशमा नेपालले भारतलाई सीमा अतिक्रमण गरेको दोषल लगाएको आरोप लगाएका छन् ।

भारतीय सेना प्रमुख नरवणेले चीनलाई संकेत गर्दै नेपाललाई आरोप लगाएका हुन् ।

नेपालको भूमि अतिक्रमण गरी लिपुलेकमा सडक बनाएको नेपालमा चर्को आलोचना भइरहेका बेला भारतीय सेना प्रमुख स्वयं अघि सरेर भारतीय कदमको प्रतिरक्षा गरेका हुन् । यसबाट प्रष्ट बुझ्न सकिन्छ कि लिपुलेक सडक भारतका लागि केवल धार्मिक एवं व्यापरिक सडक होइन, सामरिक रणनीतिक महत्व बोकेको सडक हो ।

‘मानसरोवर जाने भारतीय तीर्थयात्रीहरुको यात्रा समय छोट्याउनका लागि लिपुलेक हुँदै नयाँ सडक बनाउँदा कतै कुनै कुरासँग अन्तरविरोध भएको छैन,’ भारतीय सञ्चारमाध्यमहरुले सेनाप्रमुखलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेका छन्।

उनी भन्छ्न, ‘वास्तवमा, नेपाली राजदूतले काली नदीदेखि पूर्वको क्षेत्र उनीहरुको भनी उल्लेख गरेका छन्। त्यसबारे त कुनै विवाद नै छैन। हामीले बनाएको सडक त नदीभन्दा पश्चिमपट्टि रहेको छ,’ त्यहाँको एक थिंकट्यांकले आयोजना गरेको वेविनारमा आफ्नो धारणा राख्दै उनले भने, ‘त्यसकारण, उनीहरु किन आन्दोलित भइरहेका छन्, मलाई थाहा छैन।’

नेपालले अरु कसैको आदेश बमोजिम भारतको विरोध गरेको हुनसक्ने बताउँदै उनले त्यसको धेरै सम्भावना रहेको जिकिर समेत गरे।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ५ : ५३ बजे

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका

टी-२० विश्वकप वार्मअप : क्यानडालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकपको वार्मअप खेलमा नेपालले लगातार

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट रौतहटमा चार वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र गाडी चालक फरार

जनकपुरधाम । रौतहट-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार

काश्मिर समस्या समाधान बिना दक्षिण एसियामा दिगो शान्ति सम्भव छैन : पाकिस्तान

काठमाडौं । ‘काश्मिर एक्यवद्धता दिवस’को अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले एक