१० चैत्र २०८२, मंगलबार | March 24, 2026

‘ग्रीनजोन’मा रहेका पहाडी जिल्लामा पनि धमाधम सिल, प्रदेश ५का गुल्मी, पाल्पा र अर्घाखांची सिल



तानसेन । सिमावर्ती जिल्ला रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि पाल्पा जिल्लालाई सिल गरिएको छ । सिमा जोडिएका जिल्लामा दिन प्रतिदिन कोरोना भाइरस संक्रमित बढ्दै गएपछि जिल्लालाई उच्च जोखिममा रहेको ठहर गर्दै शनिबार बिहानदेखि लागू हुनेगरी स्थानीय प्रशासनले जिल्लालाई सिल गरेको हो । यसअघि कपिलवस्तुसंग जोखिम बढेको भन्दै अर्घाखांची र बाग्लुङबाट जोखिम हुने भन्दै गुल्मीले जिल्ला सिल गरिसकेका छन् ।

जेठ ५ गते राति १२ बजेसम्मका लागि पुरै जिल्ला सिल गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो । रुपन्देही र कपिलवस्तुका विभिन्न स्थानमा संक्रमण देखिएपछि कोरोना भाइरस संक्रमण रोकथामका लागि गठित जिल्लास्तरीय समिति ९सीसीएससी० को बैठकले अन्य जिल्लासँगको आवतजावत पूर्ण रुपमा बन्द गरेको प्रजिअ सुबेदीले बताउनु भयो। सुवेदीका अनुसार औषधिबाहेकका अन्य सबै आयात र निर्यातमा समेत रोक लगाइएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन सतर्कता अपनाउन आउजाउ पूर्णरुपमा रोक्ने, लकडाउन प्रभावकारी बनाउने र सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनु भयो । सुबेदीका अनुसार अर्घाखाँची, गुल्मी र स्याङ्जाका सीमा क्षेत्रमा बिशेष निगरानी बढाइने छ ।
शुक्रबारको बैठकमा प्रदेश सांसद, स्थानीय तहका प्रमुख, स्थानीय राजनीतिक दलका प्रमुख लगायत सर्वदलीय सर्वपक्षीय सहभागिता थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ६ : ०४ बजे

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन