२९ असार २०८३, सोमबार | July 13, 2026

फेरि थपिए ९ जना कोरोना संक्रमित, पहिलोपटक दाङमा पनि भेटिए



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित दिन दिनै बढ्न थालेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ थप ९ जना संक्रमित थपिएको जनाएको छ । यससंगै संक्रमितको संख्या २६७ पुगेको छ ।
मन्त्रालयका अनुसार दाङमा पहिलो पटक कोरोना संक्रमित देखिएका छन् ।

भेरी अञ्चल अस्पताल नेपालगन्जमा गरिएको परीक्षण अनुसार दाङको गढवा–४ र ५ एवं तुलसीपुर–७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुषलाई कोरोना संक्रमण देखिएको छ ।

यस्तै, राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौं र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठना, धरानमा गरिएको परीक्षण अनुसार पर्सा वीरगन्जका ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ । यस्तै, काठमाडौं, सतुंगल निवासी ७ वर्षीय बालकलाई पनि संक्रमण भएको छ ।

संक्रमित सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ८ : ४५ बजे

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको

गणेश नेपाली आत्मदाह प्रकरणमा परिवारले दियो जाहेरी, छानबिन प्रक्रिया अघि बढ्दै

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान