१० चैत्र २०८२, मंगलबार | March 24, 2026

दाङ तुलसीपुरका कोरोना संक्रमित काठमाडौंकै एक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी



काठमाडौं । दाङ तुलसीपुर ठेगाना भएका कोरोना संक्रमित व्यक्ति काठमाडौंको एक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको छ।

तुलसीपुर वडा नम्बर ७ घर भएका ती व्यक्ति हाल काठमाडौंकै एक अस्पतालमा कार्यरत तुलसीपुर उपहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको आधिकारिक फेसबुक पेजमा नगरप्रमुख पाण्डेले लेख्नुभएको छ, ‘तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का कारोना देखिएका भनिएका व्यक्ति काठमाडौंको एक हस्पिटलमा कार्यरत र काठमाडौंमै रहेको जानकारी गराइन्छ।’

मेयर पाण्डेले ती व्यक्तिलाई काठमाडौंकै गणना गर्नुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार राति निकालेको सूचनामा दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा एक जना र गढवा गाउँपालिका वडा नम्बर ४ र ५ मा दुई जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ७ : २७ बजे

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन