१० चैत्र २०८२, मंगलबार | March 24, 2026

दाङका संक्रमितलाई वेलझुण्डी पु-याइयो



दाङ । दाङमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएका गढवा गाउँपालिकाका दुई जनालाई तुलसीपुर उपमहानगरपालिका, बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा पुर्याइएको छ ।

गए रातिदेखि अस्पतालको आइसोलेशनमा राखेर दुईको उपचार भइरहेको अस्पतालका मेसु सर्वेश शर्माले जानकारी दिनुभयो ।

कपिलवस्तु, कृष्णनगरका छुट्टाछुटै क्वारेन्टाइनबाट ल्याइएका उनीहरुलाई गढवा गाउँपालिकाले गत बुधबार एम्बुलेन्स पठाएर जनता मावि गढवाको क्वारेन्टाइनमा लगेर राखेको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताउनुभयो । गढवा–४का ३६ वर्षीय भारतको गोरखपुर र वडा नं ५ का २३ वर्षीय मुम्बईबाट आएका थिए । दुवै मजदूरी गर्न भारत गएका थिए ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु काठमाडौँमा पुष्टि भएका तुलसीपुर–७ का ३४ वर्षीय स्वास्थ्यकर्मीको भने काठमाडौँमा नै उपचार भइरहेको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ११ : ३३ बजे

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो