४ पुस २०८२, शुक्रबार | December 20, 2025

धुलिखेल अस्पतालमा सुत्केरीको मृत्युबारे अनुसन्धान जारी : स्वास्थ्य मन्त्रालय



काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको थप परीक्षण भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ बर्षिया महिलालाई गत बिहीबार धुलिखेल अस्पताल पुर्याइएको थियो । तर, उनको अस्पताल पुर्याए लगत्तै मृत्यु भएको थियो ।

सुरुमा गरिएको आरडीटी परीक्षण पोजेटिभ देखिएपछि उनको धुलिखेल अस्पतालमै पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षण शंकास्पद देखिएपछि थप जाँचका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

यससम्बन्धमा विस्तृत विवरण संकलन गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप अनुसन्धान भैरहेको बताउनुभयो । ‘विस्तृत विवरण लिइरहेका छौँ । कोरोनासँग सम्बन्धित थप परीक्षण भइरहेका छन् । रिपोर्ट आएपछि कोरोनाका कारण मृत्यु भएको हो/होइन भन्ने कुरा निक्र्यौल गरेर आधिकारिक रुपमा जानकारी दिनेछौँ ’ उहाँले भन्नुभयो ।

मृतक महिलाको आफन्तको समेत स्वाब निकालेर परीक्षण सुरु गरिएको छ । अस्पतालले शनिबार दिउँसो मृतकको श्रीमान, सासु र नन्द र नवजात शिशुको स्वाब परीक्षण गर्न थालिएको हो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ४ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको