४ पुस २०८२, शुक्रबार | December 19, 2025

धुलिखेलमा सुत्केरी महिलाको मुत्यु भएपछि सिन्धुपाल्चोकको बाह्रविसे वडा नं. ८ र ९ सिल



काठमाडौं । सिन्धुपाल्चोक बाह्रविसेकी एक सुत्केरी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको आंशंका गरिएपछि उनको गाउँ र माइती गाउँ सिल गरिएको छ ।

शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नगरपालिका वडा नं. ८ र ९ लाई सिल गरेको हो । सिल गरिएको क्षेत्रमा सेना समेत परिचालन गरिएको छ । सिल गरिएको क्षेत्रमा कसैलाई पनि प्रवेश गर्न र बाहिरिन निषेध गरिएको छ ।

२९ वर्षीय सुत्केरी महिलाको कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित सङ्क्रमणलाई रोक्न उक्त गाउँ सिल गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

महिलाको सम्पर्कमा रहेका सबै व्यक्तिको ट्रेसिङ गरी पिसीआर परीक्षण गर्न सबैलाई क्वारेन्टाइनमा राख्ने निर्णय पनि बैठकले गरेको छ । धुलिखेल अस्पताल आउनु अघि उपचारका लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका कारण सो केन्द्र पनि सिल भएको छ ।

उच्च ज्वरो र श्वासप्रश्वासको गम्भीर समस्यासहित उपचारका लागि धुलिखेल अस्पताल पु¥याइएकी ती सुत्केरी महिलाको अस्पताल पुर्याएको केही बेरमै निधन भएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ९ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको