१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सिमा अतिक्रमणमा सरकार संवेदनशील हुन नसकेको काँग्रेसको आरोप



काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने वहानामा सरकार सांसदहरुको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील हुन नसकेको आरोप लगाउनुभएको छ ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि घरभित्रै बस्नुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने लगायत सावधान अपनाउनुपर्नेमा सांसदहरुलाई ३ घण्टासम्म बन्द कोठामा थुनेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको प्रति उहाँले आपत्ती जनाउनुभयो । प्रतिनिधिसभाको आईतबारको बैठकमा आर्थिक बर्ष २०७७/७८ का लागि सरकारको बार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद रिजालले सरकार संसद र सांसदप्रति जिम्मेवार नरहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो “झण्डै ३ घण्टा लगाएर सरकारको नीति र कार्यक्रम बाचन भयो । संवेदनशीलताको पराकाष्टा हो । संसदको सुरक्षा एउटा व्यक्तिको सुरक्षा होइन । मेरो व्यक्तिगत वा अर्को व्यक्तिको सुरक्षा होइन । एउटा मौरीमा फैलियो भने पुरै घारमा कोरोना फैलिन्छ । पुरै घारलाई फैलियो भने यो संसद क्वारेन्टीनमा जानुपर्ने हुन्छ । सरकारको संसदप्रतिको जिम्मेवारी, जनताप्रतिको जिम्मेवारी पुरा गर्ने ठाउँ हो । अनि यो ठाउँमा तीन घण्टा भन्दा बढी समयसम्म एकै ठाउमा बन्द गरेर राख्ने ? यो भन्दा सरकारको संवेदनहीनता केही पनि हुन सक्क्तैन ।”

उहाँले २०७५ सालमा संसदलाई सम्बोधन गर्ने शैली अनुचित भयो भनेर र २०७६ सालमा सरकारलाई सम्बोधन गर्ने शैली अनुचित भयो भनेर संशोधन प्रस्ताव दर्ता गराएको स्मरण गराउदै अहिले भाषा र शैली सुदृएको भएपनि आत्मबञ्चनाबाट मुक्त हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम स्रोत साधनले धान्न नसक्ने उच्च आंकाक्षाको दस्तावेज, उपदेशहरु भएको तथा संघीयता सम्मत नभएको टिप्पणी गर्नुभयो । उहाँले कोरोनाले मुलुकमा सबैभन्दा ठूलो आर्थिक संकट उत्पन्न हुन सक्ने आकलनका साथ अर्थतन्त्र पुनरुत्थानमा नीति तथा कार्यक्रम केन्द्रीत हुन नसकेको बताउनुभयो ।

नेपाली कांग्रेसका तर्फबाट सककारको नीति तथा कार्यक्रममाथि दर्ता भएको संशोधन प्रस्तावको प्रस्तावकको रुपमा धारणा राखेका सांसद रिजालले नीति तथा कार्यक्रमको बुँदा १ देखि २ सय ७६ सम्म नै संशोधन गरिनुपर्ने दाबी गर्नुभयो । बुँदा नम्बर ११, १९ र २ सय ३१ मा उहाँले विशेष आपत्ती जनाउनुभयो ।

अघिल्लो बर्ष र यो बर्ष सरकारका नीति कार्यक्रकम “केही उस्तै केही दुरुस्तै” भएको टिप्पणी गर्नुभयो । उहाँले कोरोनाको कहरबाट नेपाली जनतालाई बाँच्न कठिन भईरहेका बेला उनीहरुको दैनिक सहज बनाउने तर्फ नभई नीति तथा कार्यक्रममा २०९९ मा नेपाल समुन्नत राष्ट्र बन्छ भनेर राखिनु सरकारको चरम संवेदनहिनता भएको दाबी गर्नुभयो ।

संकटले अवसर पनि ल्याउने भन्दै उहाँले स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्न्ुपर्ने आवश्यकता औल्याउनुभयो । अरुलाई दोष पन्छाएर सरकार उम्कन नमिल्ने भन्दै जिम्मेवारी वहन गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो “घुसका लागि मोल मोलाई गर्नेलाई पन्छाउन नपाउदै स्वास्थ्य उपकरणमा अनियमितता गर्नेलाई व्यहोर्नुपर्छ यो सरकारले । देशको सिमा जानकारी नहुनेको अन्तरवार्तामा हैरानीमा पर्नुपर्छ यो सरकार । अनि सिमा अतिक्रमण गरेर सडक बनाउन थालेको जानकारी नदिने व्यहोर्नुपर्छ । ”

उहाँले कोरोनाको जोखिममा रहेका तथा लकडाउनले जनजीवन प्रभावित बन्दै जाँदा भोकै बस्न बाध्य भएकामा प्राण भर्ने आधार बन्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्री ज्ञानी बन्नुहोस् । प्रधानमन्त्री नेपाली जनताका लागि ज्ञानी बन्नुहोस् । त्यही ज्ञानी बन्नुहुन्छ भन्ने आधारले तपाईलाई जनताले मत दिएर यो ठाउँमा पुर्याएको हो । जनताको विवेकको अपमान नगर्नुहोस् । ”

उहाँले लोकतन्त्रका अगाडि कुनै पनि विशेषण नराखी लोकतन्त्रको बाटोमा अघि बढ्न सुझाव पनि दिनुभयो । सरकारले मुलुकमा राजनीतिक स्थायीत्वका लागि पत्रकार र सञ्चारजगतलाई मर्यादित बनाउने भनेको उल्लेख गर्दे उहाँले सरकार स्वयम्लाई मर्यादित बन्न आग्रह गर्नुभयो ।

उहाँले “पत्रकार र संञ्चारजगतलाई मर्यादित र अनुशासित सरकारले बनाउनुपर्दैन । सरकार अनुशासित होस् । सरकार मर्यादित होस् । सरकारले पत्रकार र संञ्चार जगतको चिन्ता गर्नुपर्दैन । ”

उहाँले सिमा अतिक्रमणका बारेमा पनि सरकार गम्भीर र संवेदनशील हुन नसकेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो “हाम्रो सिमा अतिक्रमण भएको छ । सरकारको नीति कार्यक्रम हेर्दा लाग्छ कि अब कागजको नक्सामा मात्रै सरकारले सिमा फर्काउँछ । साँचै चाही फर्काउन सक्क्तैन । त्यही बहानाको लागि नीति कार्यक्रमको पुछारमा सिमा अतिक्रमणको विषयमा लेखिएको छ । ”

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ३ : १२ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह