१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सांसदहरुको आरोप : विदेशमा समस्यामा रहेका नेपालीलाई ल्याउन सरकारले सकेन



काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीलाई नेपाल ल्याउन सरकारले ठोस योजना ल्याउन नसकेको आरोप सांसदहरुले लगाएका छन् ।
कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि अधिकांश मुलुकहरुले लकडाउन गरेपछि समस्यामा परेका नेपालीहरुलाई ठोस योजना सहित नेपाल ल्याउन सरकारले कुनै पहल नगरेको आरोप सांसदहरुले लगाएका छन् ।

संघीय संसद, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा उपस्थित भएका सांसदहरुले सरकारले कोरोना नियन्त्रणका लागि कोष खडा गर्ने तर खर्च नगर्ने तथा विदेशबाट आउन चाहेका नेपालीलाई ल्याउनै हुन्न भन्ने किसिमले व्यवहार गरेको आरोप हुन् ।

उनीहरुले कोषमा जम्मा भएको रकम खर्च गरी समस्यामा परेका सबैको व्यवस्थापन गर्न समेत माग गरेका छन् । भारत तर्फको सीमासम्म मानिसहरु आफै आइसकेको अवस्थामा सरकारले स्वास्थ्य परीक्षण र उपयुक्त क्वारेनटाइनको व्यवस्था गरी नेपाल ल्याउनुपर्ने माग सांसदहरुले गरेका छन् ।

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भने भारत तर्फको सिमामा आएर बसेका नेपालीहरु, विदेशमा समस्यामा परेका नेपालीहरु र घर फर्कन चाहने नेपालीहरुको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभएको छ । त्यसका लागि सरकारले कसरी काम गरिरहेको छ भन्ने विषयमा समितिले जानकारी लिएर आवश्यक निर्देशन दिनुपर्ने नेपालले बताउनुभयो ।

उहाँले अति समस्यामा परेका नेपालीहरु, समस्या नभएपनि घर फर्कन चाहेका नेपालीहरु, भारत तर्फको सिमामा आइसकेका नेपालीहरु सबैलाई वर्गिकरण गरी अति समस्यमा परेकालाई पहिलो प्राथमिकता दिएर उद्धार गर्नका लागि सरकारले जानकारी लिने काम गर्नुपर्ने बताउनुभयो ।

भारतीय सिमामा आएर नेपाल भित्र प्रवेश गर्न नपाएका सबै नेपालीलाई परीक्षण गरी नेपाल भित्र्याउनु पर्ने नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले बताउनुभयो ।

सांसद सिंहले कोरोना भाइरस नियन्त्रण एवं रोकथामका लागि काम गर्न स्थानीय सरकारलाई अधिकार र बजेट दुवै दिनुपर्ने बताउनुभयो । संघीय सरकारले निर्देशन दिने तर बजेट नदिएको प्रति आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले सरकारले विपद् व्यवस्थापन कोष खडा गरेर तयार गरेको कोषको रकम खर्च नगरेको आरोप समेत लगाउनुभयो ।

सांसद पुष्पा भुसालले चुनावमा भोट हाल्नका लागि विदेशमा रहेका नेपालीहरुलाई देश फर्कन आह्वान गर्न सक्ने सरकारले अहिले विपद्को अवस्थामा उतै बस भन्न नमिल्ने बताउनुभयो । उहाँले कुवेत लागयतका देशबाट रुदै जीवन रक्षाको माग गरेको अवस्थामा पनि सरकारले वेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

सांसद दिव्यमणि राजभण्डारीले बोर्डरमा रहेका नेपाली नागरिकहरु र विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार नगरेर सरकारले लाचारी पन देखाएको बताउनुभयो । राजभण्डारीले विदेशमा रहेका नेपालीहरुले नै पठाएको रेमिट्यान्सले थामेको देशको सरकारले उनीहरुलाई समस्या पर्दा सहयोग नगर्नु दुर्भाग्य भएको बताउनुभयो ।

सांसद भिम रावलले विदेशमा समस्यामा रहेका नेपालीहरुलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने विषयमा विभिन्न छ वटा उपायहरु प्रस्तुत गर्नुभयो ।

विदेशमा रहेका स्वदेश फर्कन चाहने नेपालीहरुको सम्बन्धमा सरकारको स्पस्ट नीति हुनुपर्ने, विदेशमा रहेका नेपालीहरुलाई वर्गिकरण गरी नेपाल ल्याउने र स्वास्थ्य उपचार तथा क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने, आफ्नै खर्चमा आउन सक्ने र बेखर्ची भई अलपत्र परेका नेपालीहरुको विवरण तयार गरी उद्धार गर्ने, भारतसँगको सिमामा आइसकेकाहरुको लागि विशेष स्वास्थ्य सेवाको व्यवस्था गर्ने र क्वारेन्टाइनको व्यवस्था गरी तत्काल देशभित्र ल्याउने, परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयको समन्वयमा नेपालीहरु रहेका देशका सरकारसँग वार्ता गरी नेपालको ठोस प्रस्ताव पठाउने, नेपाल नल्याउँदा सम्मका लागि सम्बन्धित देशले खाने बस्ने र स्वास्थ्य उपचार गर्ने व्यवस्था मिलाउने र प्रवासमा रहेका नेपालीहरुको नियमित जानकारी लिन छुट्टै निकाय निर्माण गर्नुपर्ने बताउनुभयो ।

सांसद रावलले विदेशमा रहेका नेपालीहरुले गुनासो राख्ने ठाउँसमेत नरहेको बताउनुभयो । उहाँले परराष्ट्रय मन्त्रालय र श्रम मन्त्रालयका संयन्त्रहरु भएपनि गुनासो नसुन्ने भएकाले नेपालीहरु अलपत्र परेको बताउनुभयो ।

सांसद सुरेन्द्र कुमार कार्कीले विदेशमा समस्यामा रहेका नेपालीहरुलाई ल्याउन सरकारले कुनै पहल नगरिरहेको अवस्थामा समितिले ठोस नतिजा आउने गरी निर्देशन दिनुपर्ने बताउनुभयो । उहाँले समस्यामा भएका नेपालीलाई ल्याउनका लागि सबै देशलाई परीक्षण गराउन पत्राचार गर्ने र देशहरुलाई वर्गिकरण गरी प्राथमिकताका आधारमा ल्याउने व्यवस्था मलाउने गरी सरकारलाई निर्देशन दिनुपर्ने बताउनुभयो ।

सरकारले विदेशमा रहेका र भारतसँगको सिमामा आएर बसेका नेपालीहरुलाई सम्बन्धित देशले नै व्यवस्थापन गर्ने बताउँदै आएको छ । तर नेपालीहरुले भने आफुहरु विदेशमा निकै समस्यामा भएको, खाने बस्ने व्यवस्था राम्रो नभएको र अमानविय व्यवहार भइरहेको भन्दै सरकारसाग देश फिर्ता आउने व्यवस्था मिलाउन आग्रह गरेका छन् । यसै सम्बन्धमा अन्तराष्ट्रिय सम्बन्ध समितिमा रहेका सांदहरुले सरकारलाई ठोस योजना सहित समस्यामा परेका नेपालीहरुलाई ल्याउन माग गरेका हुन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ३ : २९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान