१८ श्रावण २०८३, सोमबार | August 3, 2026

लकडाउन जेठ २० गते सम्म लम्बियो



मन्त्रिपरिषदको बैठकले चालु लक डाउनलाई १५ दिन थप गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले गरेको लकडाउन कायमै राख्ने सिफारिसका आधारमा जेठ २० गते सम्म लकडाउन कायम राख्ने निर्णय गरेको हो ।

पछिल्लो समयमा कोरोना संक्रमितको संख्या पढ्दै गएको र २ जनाको मृत्यु समेत भईसकेको भन्दै मन्त्रिपरिषदले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको जनाएको छ ।

आइतबार नै कोरोना संक्रमणका कारण देशमा दोस्रो व्यक्तिको मृत्यु भएको छ । सिन्धुपाल्चोककी २९ वर्षिय महिला र बाँकेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । आइतबार लकडाउनको ५५ औं दिन पुगेको छ । तर, कोरोना संक्रमण झन् बढिरहेको छ । आइतबारसम्म देशमा कोभिडका २ सय ९५ संक्रमित देखिएका छन् ।

लकडाउनका कारण ठूलो दुर्घटनाबाट बचेको भन्दै समितिले लकडाउनको विकल्प नभएको निष्कर्ष निकालेको थियो । छिमेकी भारतले पनि आइतबार नै लकडाउन २ साताका लागि थप गर्ने निर्णय गरेको छ ।

यस अघि आजै सिंहदरबारमा बसेको बैठकले कोरोना संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउन प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई यथावत राख्ने निर्णय गरेको थियो ।

समितीले क्वारेन्टाइन स्थल थप गर्दै जाने, शान्ति सुरक्षालाई प्रभावकारी बनाउने, आपूर्ति व्यवस्था चुस्त दुरुस्त पार्ने निर्णय समेत गरेको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ८ : २३ बजे

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र

साउन महिनाको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । चान्द्रमासअनुसार साउन महिनाको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि