२१ भदौ २०८३, आइतबार | September 6, 2026

सीमाक्षेत्रको हुलाकी सडकमा उच्च सतर्कता अपनाइने



बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा एक कोरोना सङ्क्रमित फेला परेपछि सीमा क्षेत्रको दक्षिण भेगको हुलाकी सडकमा उच्च सतर्कता अपनाइने भएको छ ।

नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवका अध्यक्षतामा आइतबार बसेको विपद् व्यवस्थापन तथा राहत कोषको बैठकले वडा ११, १२ सडक र वडा ६, ७ र ८ स्थित सडकको दक्षिण नाकामा कडा निगरानी गर्ने निर्णय गरेको छ । वडा १२ स्थित हुलाकी सडक नाकामा मधेश क्षेत्र र भारततर्फबाट आउने व्यक्तिको आवतजावत बढी भएकाले सो निर्णय भएको नगरपालिकाका प्रमुख यादवले जानकारी दिनुभयो ।

उहाले बन्दाबन्दीको उल्लंघन हुन नदिन वडाध्यक्ष राम नारायणको संयोजकत्वमा जनप्रतिनिधि, समाजसेवी र प्रहरी सहितको संयुक्त अनुगमन गस्ती टोली गठन भएको उल्लेख गर्दै नगरपालिकाको प्रत्येक टोलमा वडा सदस्य, टोल विकास संस्थाका अध्यक्ष र स्थानीय क्लब तथा आमा समूहका प्रतिनिधि रहेको तीन सदस्य अनुगमन समितिसमेत गठन भएको बताउनुभयो ।

उक्त बैठकले नगरपालिकाभित्रका सामुदायिक वनभित्रमा अनाधिकृत प्रवेशमा समेत रोक लगाउँदै दैनिक उपभोग्य वस्तुको बिक्रीवितरण गर्न बिहान ११ देखि २ बजेसम्म पसल खुल्ला राख्ने निर्णय पनि गरेको छ । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ७ : ०५ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका