२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

धुलिखेल अस्पतालबाट ओखलढुङ्गा पुगेका चार जना क्वारेन्टाइनमा



ओखलढुंगा । धुलिखेल अस्पतालबाट ओखलढुङ्गा आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

काभ्रेको धुलिखेल अस्पतालमा शनिबार कोरोनाबाट एक सुत्केरी महिलाको मृत्यु भएपछि सोही अस्पतालमा उपचार गराएर आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

उनीहरु धुलिखेल अस्पतालबाट शनिबार दिउँसो एम्बुलेन्समार्फत ओखलढुङ्गा आइपुगेका थिए । उनीहरुलाई आइतबार सदरमुकामस्थित ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गाको क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।

जिल्लामा उच्च सतर्कता अपनाइरहेको अवस्थामा धुलिखेल अस्पतालबाट उपचार गराएर केही मानिस जिल्ला फर्केको सूचनाका आधारमा उनीहरुलाई क्वारेन्टाइन पठाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

उनीहरुको आरडिटी तथा स्वाब परीक्षणपछि नियमानुसार क्वारेन्टाइनमा राखेर घर पठाइने उहाँको भनाइ छ ।

क्वारेन्टाइनमा पठाइएकामा सिद्धिचरण नगरपालिका–५ मा बस्दै आएका सोलुखुम्बुको नेचासल्यानका एक बिरामी, उनका भिनाजु, माइजू र एम्बुलेन्स चालक रहेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ८ : ५९ बजे

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा

पश्चिम एसिया सङ्कट : नेपाली नागरिकको सुरक्षा गर्न आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको

मोदी प्रमुखअतिथि रहने भारतको प्रतिष्ठित ‘एनएक्सटी समिट-२०२६’ मा रेनु दाहालले सम्बोधन गर्ने

काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी । बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा