२० मंसिर २०८२, शनिबार | December 6, 2025

धुलिखेल अस्पतालबाट ओखलढुङ्गा पुगेका चार जना क्वारेन्टाइनमा



ओखलढुंगा । धुलिखेल अस्पतालबाट ओखलढुङ्गा आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

काभ्रेको धुलिखेल अस्पतालमा शनिबार कोरोनाबाट एक सुत्केरी महिलाको मृत्यु भएपछि सोही अस्पतालमा उपचार गराएर आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

उनीहरु धुलिखेल अस्पतालबाट शनिबार दिउँसो एम्बुलेन्समार्फत ओखलढुङ्गा आइपुगेका थिए । उनीहरुलाई आइतबार सदरमुकामस्थित ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गाको क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।

जिल्लामा उच्च सतर्कता अपनाइरहेको अवस्थामा धुलिखेल अस्पतालबाट उपचार गराएर केही मानिस जिल्ला फर्केको सूचनाका आधारमा उनीहरुलाई क्वारेन्टाइन पठाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

उनीहरुको आरडिटी तथा स्वाब परीक्षणपछि नियमानुसार क्वारेन्टाइनमा राखेर घर पठाइने उहाँको भनाइ छ ।

क्वारेन्टाइनमा पठाइएकामा सिद्धिचरण नगरपालिका–५ मा बस्दै आएका सोलुखुम्बुको नेचासल्यानका एक बिरामी, उनका भिनाजु, माइजू र एम्बुलेन्स चालक रहेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ८ : ५९ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति