५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत



गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच लाखभन्दा बढी मत प्राप्त गरेको छ ।

गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपातिकतर्फ पनि सर्वाधिक मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

सूचना अधिकारी न्यौपानेका अनुसार प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले कुल पाँच लाख २५ हजार ६३५ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले दुई लाख सात हजार ३८७ मत प्राप्त गरेको छ । नेकपा (एमाले)ले एक लाख ५२ हजार ५८७ मत प्राप्त गरेको छ । नेपाली कम्युनिस्ट पार्टीले ५७ हजार ८७६ मत प्राप्त गरेको छ ।

निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २३ हजार ५५६ मत र श्रम संस्कृति पार्टीले १८ हजार ९९ मत प्राप्त गरेको छ ।

प्रदेशमा राष्ट्रिय जनमोर्चाले सात हजार ७७०, राष्ट्रिय परिवर्तन पार्टीले तीन हजार २२६, मंगल नेसनल अर्गनाजेसनले दुई हजार ८५५, प्रगतिशील लोकतान्त्रिक पार्टीले दुई हजार ५४८, नेपाली जनता संरक्षण पार्टीले एक हजार ९४९ मत पाएको छ ।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालले एक हजार ४१९, नेपाल कम्युनिस्ट पार्टी माओवादीले एक हजार ३७८, नेसनल रिपब्लिक नेपालले एक हजार ३४४ र जनमत पार्टीले एक हजार २११ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ७ : ४७ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय