१० बैशाख २०८१, सोमबार | April 22, 2024

‘अम्फान’ आँधीले खतरनाक रुप लियो, मंगलबारदेखि तीन दिनसम्म देशैभर बर्षा हुने



एजेन्सी । बंगालको खाडीबाट उठेको चक्रवाती आँधी ‘अम्फान’ ले खतरनाक रुप धारण गरिसकेको छ ।

भारतीय मौसम विभागका अनुसार पश्चिम बंगाल र ओडिसा राज्यको तटीय क्षेत्रमा ठोक्किने चक्रवाती तुफान ‘अम्फान’ का कारण यी दुवै राज्य भर तिव्र गतिमा हावाहुरी चल्नेछ भने भारी बर्षा हुनेछ ।

सम्भावित जोखिमको पूर्वानुमान गर्दै भारतीय मौसम विभागले माछा मार्ने माझीहरुलाई आजैबाट समुन्द्री किनारामा जान रोक लगाएको छ भने पश्चिम बंगाल र ओडिसा राज्यमा हाई अलर्टको चेतावनी जारी गरिएको छ ।

भारतको कोलकतास्थित मौसम विभागका क्षेत्रीय निर्देशक जीके दासका अनुसार दुवै राज्यमा चक्रवाती तुफान अम्फानका कारण मंगलबार ५५ किलोमिटर प्रति घण्टाका दरले हावाहुरी चल्नेछ भने बुधबार ८५ किलोमिटरको गतिमा पुग्नेछ ।

भारी बर्षासहित आउने हावाहुरीको प्रकोपबाट बच्न राज्य सरकारले सबै तयारी पुरा गरिसकेको पश्चिम बंगालका मुख्य सचिव राजिव सिन्हाले बताउनुभयो । त्यसैगरि नेपालमा पनि मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवाती तुफान ‘अम्फान’ को प्रभावका कारण दुईदेखि तीन दिनसम्म देशभरि बर्षा हुने छ, त्यस्तै हिमाली क्षेत्रमा हल्कादेखि मध्यम रुपमा हिमपात हुने भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ११ : १५ बजे

‘नेपालको पूर्वाधार क्षेत्रमा कतारी लगानीका लागि पहल गर्नुपर्ने’

काठमाडौं । विश्वका अधिकांश देशले खुला श्रम बजार नीति लिएसँगै

कतारका अमिरलाई राष्ट्रपति पौडेलले स्वागत गर्ने

काठमाडौं । कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई

खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली

म्याग्दी । वैशाख पहिलो साता बितिसक्दा पनि पानी नपरेका कारण

धार्मिक पर्यटन बढाउन बुटवलबाट मुत्तिनाथ यात्रा, नगर प्रमुख पाण्डेयले गरे बिदाई

बुटवल । चीनको सिमाना कोरोला नाकासँगको धार्मिक पर्यटनको प्रवद्र्धन गर्न

दलहरूबीच सहकार्य गरौँ, जनतालाई राम्रो सेवा दिऔँ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दलहरुले सहकार्य गरेर