२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

‘अम्फान’ आँधीले खतरनाक रुप लियो, मंगलबारदेखि तीन दिनसम्म देशैभर बर्षा हुने



एजेन्सी । बंगालको खाडीबाट उठेको चक्रवाती आँधी ‘अम्फान’ ले खतरनाक रुप धारण गरिसकेको छ ।

भारतीय मौसम विभागका अनुसार पश्चिम बंगाल र ओडिसा राज्यको तटीय क्षेत्रमा ठोक्किने चक्रवाती तुफान ‘अम्फान’ का कारण यी दुवै राज्य भर तिव्र गतिमा हावाहुरी चल्नेछ भने भारी बर्षा हुनेछ ।

सम्भावित जोखिमको पूर्वानुमान गर्दै भारतीय मौसम विभागले माछा मार्ने माझीहरुलाई आजैबाट समुन्द्री किनारामा जान रोक लगाएको छ भने पश्चिम बंगाल र ओडिसा राज्यमा हाई अलर्टको चेतावनी जारी गरिएको छ ।

भारतको कोलकतास्थित मौसम विभागका क्षेत्रीय निर्देशक जीके दासका अनुसार दुवै राज्यमा चक्रवाती तुफान अम्फानका कारण मंगलबार ५५ किलोमिटर प्रति घण्टाका दरले हावाहुरी चल्नेछ भने बुधबार ८५ किलोमिटरको गतिमा पुग्नेछ ।

भारी बर्षासहित आउने हावाहुरीको प्रकोपबाट बच्न राज्य सरकारले सबै तयारी पुरा गरिसकेको पश्चिम बंगालका मुख्य सचिव राजिव सिन्हाले बताउनुभयो । त्यसैगरि नेपालमा पनि मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवाती तुफान ‘अम्फान’ को प्रभावका कारण दुईदेखि तीन दिनसम्म देशभरि बर्षा हुने छ, त्यस्तै हिमाली क्षेत्रमा हल्कादेखि मध्यम रुपमा हिमपात हुने भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ११ : १५ बजे

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको