२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

अनियमितताको विरोध गर्दा जलजला गाउँपालिका अध्यक्षले धम्की दिए : नेकपा



पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपा जलजला गाउँ कमिटी पर्वतले विकास निर्माणको काममा अनियमितता गर्ने ठेकेदारलाई कारवाहीको माग गरेको छ ।

नेकपा जलजला पर्वतले सोमबार एक विज्ञप्ति जारी गर्दै विकास निर्माणमा अनियमितता गर्ने ठेकेदारलाई कारवाही गर्न माग गरेको हो ।
सो पार्टीले अनियमितता गर्ने ठेकेदारलाई कारवाही गर्न गाउँपालिका अध्यक्षलाई आग्रह गर्दा उल्टै आफ्ना पार्टीका गाउँपालिका कमिटी सदस्य विज्ञानराज शर्मालाई रातको समयमा धम्क्याउने काम भएको भन्दै आपत्ति जनाएको छ ।

गाउँपालिका अध्यक्षल यामबहादुर मल्ल रामकृष्णले शर्मालाई बैशाख २९ गते राति ९ः३० बजे फोनबाट धम्की दिएको भन्दै नेकपाले विरोध गरेको छ ।

गाउँपालिकामा भएको गुणस्तरहिन कामकाजको विाषयमा आवाज उठाउँदा त्यसेको सम्बोधन गर्ने र समस्याको समाधान गर्ने तहमा रहेका स्वयं व्यक्तिले नै आफ्नो हैसियत भूलेर रातको समयमा अपशब्द बोल्दै धम्की दिनु आपत्तिजनक भएको नेकपाले जनाएको छ ।

जनताको सेवा सुरक्षाको जिम्मा लिएका व्यक्तिबाटै जथाभावी रुपमा कालीगण्डकीको उत्खनन गर्ने, कालोबजारीको संरक्षण गर्ने जस्ता क्रियाकलापको विरुद्धमा आवाज उठाउँदा कोरोना भाइरसको कारणले सिर्जित लकडाउनको अवस्थामा गाउँगाउँमा राहत वितरण गर्ने संस्थाका पदाधिकारीहरुलाई नै धम्काउने जस्ता कार्य लोकतन्त्र विरोधी भएको नेकपाले ठहर गरेको छ ।

गाउँमा गलत क्रियाकलाप नरोकिएमा र आफ्ना सदस्य विज्ञानराज शर्माको जिउज्यानको सुरक्षा प्रत्याभूति नभएमा जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी पनि नेकपाले दिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ८ : ४५ बजे

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा

पश्चिम एसिया सङ्कट : नेपाली नागरिकको सुरक्षा गर्न आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको

मोदी प्रमुखअतिथि रहने भारतको प्रतिष्ठित ‘एनएक्सटी समिट-२०२६’ मा रेनु दाहालले सम्बोधन गर्ने

काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी । बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा