७ आश्विन २०८३, बुधबार | September 23, 2026

सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी गरेको होईन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक कालापानी नेपाली भूमि भएको र नेपालकै हुने पुनः प्रष्ट पार्नुभएको छ ।

संसदमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा कसैलाई देखाउनका लागि जारी गरिएको नभई नेपाली भूमि फिर्ता ल्याउनका लागि जारी गरिएको स्पष्ट पार्नुभयो ।

भूमि फिर्ता लिने अठोटका साथ नक्शा जारी गरिएको बताउँदै उहाँले नेपालको भूमिमा नेपालकै पूर्ण अधिकार स्थापित हुने बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘अब लिम्पियाधुरा, लिपुलेक कालापानीको विषय ओझेल पर्न वा सेलाउन दिइने छैन, यसको निष्कर्ष निकालिन्छ’, उनले भने, ‘यो हाम्रो भू–भाग हामी फिर्ता लिएर छाड्छौँ, फिर्ता लिने अठोटका साथ नक्सा सार्वजनिक गरेका हौँ।’

‘यो तथाकथित राष्ट्रवाद देखाउनका लागि नगरिएको बताए ‘होइन । यो कुनै तमासा गरिएको होइन्, देखाउवा गरियो होइन’, प्रधानमन्त्रील भन्नुभयो, ‘यो यथार्थमा फिर्ता लिन गरिएको हो, हाम्रो् भूभाग हो, हामी फिर्ता लिन्छौँ।’

नीति तथा कार्यक्रममा पनि यसलाई समेटिएको र कूटनीतिक प्रयासमार्फत नै यसको हल गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

मन्त्रिपरिषद्ले पारित गरेको नक्शा एकदुई दिनमा प्रकाशित हुने उहाँले बताउनुभयो । यसका लागि संविधानको अनुसूचि ३ संशोधनको प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो । अरु विषय भन्दा महत्वको वार्ता, नक्सा र भूमि फिर्तासँग सम्बन्धित विषय भएका कारण तत्कालका लागि अनुसूचि संशोधनको प्रस्ताव सदनमा आउने र पारित हुनेमा आफू विस्वस्त रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संविधानको अनुसूचि ३ पारित गरेर नयाँ नक्शा लागु भएको दिन नेपालमा दीपावली हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १ : ५४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११