८ कार्तिक २०८३, आइतबार | October 25, 2026

संक्रमितलाई आईसोलेसन पठाउन स्थानीयको अवरोध, उपचार गर्न ल्याउने भनेपछि जनप्रतिनिधिको भागाभाग



नेपालगन्ज । कोरोना भाइरसको संक्रमण पुष्टी भएका संक्रमितहरुलाई उपचारका लागि लिन गएको एम्बुलेन्सलाई बांकेको नरैनापुरमा अवरोध गरिएको छ ।

सोमबार पुष्टी भएका ५९ जना संक्रमितहरुलाई नेपालगन्जको डेन्टल अस्पताल र खजुराको क्यान्सर अस्पतालमा राखि उपचारगर्ने निर्णय भएसंगै आई एन एफ र नेपाली सेनाको एम्बुलेन्स उनीहरुलाई लिन नरैनापुर गएको थियो । संक्रमित लिन गएको एम्बुलेन्सलाई स्थानीयबासीले घेरेर बिरामी राख्न नदिएको प्रहरीले जनाएको छ । स्थानीयबासी र संक्रमित स्वयंले नेपालगन्ज आउन नमानेको मेरेपनि घरमै मर्ने हो भनेर जिद्दी गरेको जिल्ला प्रहरी कार्यालय बांकेका प्रवक्ता डिएसपी शिव बहादुर सिंहले बताउनु भयो । महिलाहरुलाई अगाडी राखेर एम्बुलेन्स क्वारेन्टाईन सम्म जान नदिएको डिएसपी सिंहले बताउनु भयो ।

क्वारेन्टाईन वरिपरि ठुलो संख्यामा स्थानीयबासी जम्मा भएकाछन् र उनीहरुले संक्रतिमहरुलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराउनुपर्ने माग गरेका छन् । स्थानीय लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिद्युत, उपकरण लगायतको सुबिधा नभएपछि आजमात्र बिपद ब्यवस्थापन समितीले नेपालगन्जमा आइसोलेसन बनाई उनीहरुलाई राख्ने निर्णय गरेको थियो ।

एता कोहलपुर स्थित कृषि बिकास बैंकको तालिम केन्द्र पिपरीमा समेत संक्रमितलाई राखेर उपचार गर्ने प्रशासनले निर्णय गरेपनि संक्रमितलाई पिपरी ल्याउन नदिने भन्दै स्थानीयबासीले नारा जुलुस निकालेकाछन् । संक्रमण फैलिन सक्ने भन्दै तालिम केन्द्र वरपरका स्थानीयबासीले प्रदर्शन गरेका कारण अवरोध सिर्जना भएको डिएसपी सिंहले बताउनु भयो ।

दुबै तर्फ प्रहरीको थप शक्ति परिचालन गरिएको र स्थानीय पालिकाहरुलाई सहजिकरणका लागि अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय बांकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकेरेलले बताउनु भयो । स्थानीय जन प्रतिनिधिले समन्वय नगरेको प्रशासनको गुनासो छ ।

अवरोधका बिषयमा सम्पर्क गर्न खोज्दा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतको मोबाईलमा दर्जनौ पटक सम्पर्कहुन नसक्ने बनाएकाछन् । संक्रमितले आउन नमान्ने, स्थानीयले लैजान नदिने र आईसोलेसन अरपरका स्थानीयबासीले अवरोध गरेपछि सोमबार संक्रमण पुष्टी भएकाहरुको उपचार अन्यौलमा परेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ५ : ५८ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा । अमरगढी नगरपालिका-७ का १९ वर्षीय दीपक भट्टराई पढाइ

असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज

पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी

कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा । स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र

शिखका पहिरो प्रभावित भन्छन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले