३० असार २०८२, सोमबार | July 14, 2025

भारतीय अभिनेत्री मनीषा कोईरालाको नेपाल प्रेम, जसलाई भारतीय मिडियाले बनाए ‘स्टण्ट’



नयाँ दिल्ली । भारतीय अभिनेत्री मनीषा कोइराला कालापानी, लिम्पियाधुरा र लिपुलेकका बिषयमा नेपाल सरकारको समर्थनमा उभिएकी छिन् । उनले लिपुलेख, कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेर नेपाल सरकारले प्रकाशित गरेको नक्साका पक्षमा समर्थन ब्यक्त गरेपछि भारतीय मिडीयाहरु उनको बिपक्षमा खनिएकाछन् ।

नेपाली मूलका बलिउड अभिनेत्री कोइरालाले नेपालका विदेश मन्त्री प्रदीप ज्ञवालीको ट्वीटर पोस्टमा जवाफ दिंदै सरकारले लिपुलेख, कलापानी, लिम्पीयाधुरालाई नेपालको नयाँ राजनीतिक नक्शामा घोषित गरेको कामको खुलेर प्रशंसा गरेकी छिन्। अभिनेत्रीले आफ्नो ट्विटर पोष्टमा भारत, नेपाल र चीनलाई जनाउँदै तीनै महान राष्ट्रहरूबीच शान्तिमय र सम्मानजनक संवादको आशा राखेकी छिन् ।

हाम्रो सानो राष्ट्रको मर्यादा कायम राख्नु भएकोमा धन्यबाद। हामी सबै तीन महान राष्ट्रहरूबीच शान्तिपूर्ण र सम्मानजनक कुराकानीको लागि तत्पर छौं,ू उनले ट्वीट मार्फत जवाफ दिंदै भनेकी छिन्।

मे १ मा नेपाल सरकारको मन्त्रिपरिषदले देशको नयाँ नक्शालाई नेपालको इलाका अन्तर्गत लिपुलेख, कलापानी, लिम्पीयाधुरालाई समेटेको थियो । त्यसैको एक दिन पछि, मंगलबार, प्रधानमन्त्री केपी शर्मा ओलीले ती तीन क्षेत्रहरु नेपालको हो भनेर जोड दिदै राजनीतिक र कूटनीतिक प्रयासबाट हासिल गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

मनिसा कोईरालाले ट्वीट गरेसंगै भारतीय मिडीयाहरु बिगत ३ दिन देखि नेपाली सार्वभौमिकता र अखण्डताका बिरुद्ध खनिएकाछन् । तिनीहरुले नेपालका प्रधानमन्त्रीको अपमान गर्ने र होच्याउने काम समेत गरिरहेकाछन् ।अघिल्लो महीनामा भारतीय रक्षामन्त्री राजनाथ सिंहले धरचुलादेखि लिपुलेखसम्मको नयाँ सडकको उद्घाटन गरेसंगै नेपालले कालापानीको मुद्दा लगातार उठाउंदै आएको छ । नयाँ दिल्लीले कालापानी मुद्दामा नेपाललाई चीनले उचालेको समेत आरोप भारतीय मिडीयाहरुले लगाएकाछन् । भारतले उत्तराखण्डको पिथौरागढ़ जिल्लामा भर्खरै उद्घाटन गरिएको सडक खण्ड बिना प्रमाण भारतको भएको दाबी गर्दैआएको छ। अभिनेत्री कोईराला नेपालका समाजबादी नेता बिश्वेश्वर प्रसाद कोइरालाका नातीनी हुन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ९ : २८ बजे

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

नयाँदिल्ली । दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा आँप बोकेको लरी

बजेट निर्माण गर्न बनाइएको विधि भत्काइयो, सेटिङमा बजेट बनाइयो : अध्यक्ष प्रचण्ड

काठमाडौं । संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा

नवलपुरमा करेन्ट लागेर मजदुरको मृत्यु

कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–३ पुरानो कावासोतीमा

पर्यटक लोभ्याइरहने घान्द्रुक, गुरुङ समुदायको जीवन्त सङ्ग्रहालय

पोखरा । जब प्रकृति, संस्कृति र आतिथ्यता एकै ठाउँमा भेटिन्छन्,

प्रचण्डको प्रश्न – ३०० दिनमा कहाँ जोडियो फ्लडलाइट र कहाँ बन्यो र प्याराफिट ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का