२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

भारतीय अभिनेत्री मनीषा कोईरालाको नेपाल प्रेम, जसलाई भारतीय मिडियाले बनाए ‘स्टण्ट’



नयाँ दिल्ली । भारतीय अभिनेत्री मनीषा कोइराला कालापानी, लिम्पियाधुरा र लिपुलेकका बिषयमा नेपाल सरकारको समर्थनमा उभिएकी छिन् । उनले लिपुलेख, कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेर नेपाल सरकारले प्रकाशित गरेको नक्साका पक्षमा समर्थन ब्यक्त गरेपछि भारतीय मिडीयाहरु उनको बिपक्षमा खनिएकाछन् ।

नेपाली मूलका बलिउड अभिनेत्री कोइरालाले नेपालका विदेश मन्त्री प्रदीप ज्ञवालीको ट्वीटर पोस्टमा जवाफ दिंदै सरकारले लिपुलेख, कलापानी, लिम्पीयाधुरालाई नेपालको नयाँ राजनीतिक नक्शामा घोषित गरेको कामको खुलेर प्रशंसा गरेकी छिन्। अभिनेत्रीले आफ्नो ट्विटर पोष्टमा भारत, नेपाल र चीनलाई जनाउँदै तीनै महान राष्ट्रहरूबीच शान्तिमय र सम्मानजनक संवादको आशा राखेकी छिन् ।

हाम्रो सानो राष्ट्रको मर्यादा कायम राख्नु भएकोमा धन्यबाद। हामी सबै तीन महान राष्ट्रहरूबीच शान्तिपूर्ण र सम्मानजनक कुराकानीको लागि तत्पर छौं,ू उनले ट्वीट मार्फत जवाफ दिंदै भनेकी छिन्।

मे १ मा नेपाल सरकारको मन्त्रिपरिषदले देशको नयाँ नक्शालाई नेपालको इलाका अन्तर्गत लिपुलेख, कलापानी, लिम्पीयाधुरालाई समेटेको थियो । त्यसैको एक दिन पछि, मंगलबार, प्रधानमन्त्री केपी शर्मा ओलीले ती तीन क्षेत्रहरु नेपालको हो भनेर जोड दिदै राजनीतिक र कूटनीतिक प्रयासबाट हासिल गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

मनिसा कोईरालाले ट्वीट गरेसंगै भारतीय मिडीयाहरु बिगत ३ दिन देखि नेपाली सार्वभौमिकता र अखण्डताका बिरुद्ध खनिएकाछन् । तिनीहरुले नेपालका प्रधानमन्त्रीको अपमान गर्ने र होच्याउने काम समेत गरिरहेकाछन् ।अघिल्लो महीनामा भारतीय रक्षामन्त्री राजनाथ सिंहले धरचुलादेखि लिपुलेखसम्मको नयाँ सडकको उद्घाटन गरेसंगै नेपालले कालापानीको मुद्दा लगातार उठाउंदै आएको छ । नयाँ दिल्लीले कालापानी मुद्दामा नेपाललाई चीनले उचालेको समेत आरोप भारतीय मिडीयाहरुले लगाएकाछन् । भारतले उत्तराखण्डको पिथौरागढ़ जिल्लामा भर्खरै उद्घाटन गरिएको सडक खण्ड बिना प्रमाण भारतको भएको दाबी गर्दैआएको छ। अभिनेत्री कोईराला नेपालका समाजबादी नेता बिश्वेश्वर प्रसाद कोइरालाका नातीनी हुन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ९ : २८ बजे

बाँकेमा किरियापुत्रीद्वारा मतदान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान

मतदानको समय सकियो, आयोगले पत्रकार सम्मेलनमार्फत समग्र अवस्थाबारे जानकारी गराउने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदानका लागि तोकिएको समय

प्रधानमन्त्रीद्वारा कतारी समकक्षीसँग टेलिफोन संवाद, नेपालीको सुरक्षाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन्

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मात्र मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत