२० आश्विन २०८३, मंगलबार | October 7, 2026

नक्सालाई बैधानिकता प्रदान गर्न संबिधान संशोधन हुने



काठमाडौँ । सरकारले जारी गरेको नयाँ नक्सालाई बैधानिकता प्रदान गर्न सरकारले संबिधान संशोधनको प्रस्ताव संसदमा लैजाने भएको छ । मन्त्रिपरिषदको आजको बैठकले संबिधानको अनुसुचिमा रहेको निशान छापमा समावेश गर्न संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मुलुकको नयाँ नक्सा अनुमोदनका लागि संविधानको अनुसूचीमा रहेको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको बैठकमा सहभागि एक मन्त्रीले बताए।

सरकारले यही जेठ ५ गते भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश गरेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।

मन्त्रिपरिषदले स्विकृति दिएर सरकारले नक्सा सार्वजानिक गरेपनि नेपालको निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश गरिएको थिएन।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  १ : २८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते