७ आश्विन २०८३, बुधबार | September 23, 2026

नक्सालाई बैधानिकता प्रदान गर्न संबिधान संशोधन हुने



काठमाडौँ । सरकारले जारी गरेको नयाँ नक्सालाई बैधानिकता प्रदान गर्न सरकारले संबिधान संशोधनको प्रस्ताव संसदमा लैजाने भएको छ । मन्त्रिपरिषदको आजको बैठकले संबिधानको अनुसुचिमा रहेको निशान छापमा समावेश गर्न संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मुलुकको नयाँ नक्सा अनुमोदनका लागि संविधानको अनुसूचीमा रहेको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको बैठकमा सहभागि एक मन्त्रीले बताए।

सरकारले यही जेठ ५ गते भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश गरेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।

मन्त्रिपरिषदले स्विकृति दिएर सरकारले नक्सा सार्वजानिक गरेपनि नेपालको निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश गरिएको थिएन।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  १ : २८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११