४ पुस २०८२, शुक्रबार | December 20, 2025

निसान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव संसदमा दर्ता



काठमाडौं । सरकारले नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तन गर्न संंसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गराएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएको हो ।

कानून मन्त्री डा. शिवमाया तुम्बाहाङफेले हस्ताक्षर गर्नुभएको पत्र र परिवर्तित निशान छाप सहितको विधेयक सचिवालयमा दर्ता भएको छ ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार जारी भएको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा अनुसार संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।

सविधानको अनुसूची ३ मा निशान छाप सम्बन्धी व्यवस्था रहेको छ । निशान छापभित्रको नक्सा मिलाउन संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको व्यहोरा खुलाईको छ ।

संविधान संशोधनको उद्देश्य र कारणमा भनिएको छ ‘नेपालको संविधानको धारा ९ को उपधारा (२) मा नेपालको निशान छाप अनुसुची–३ मा उल्लेख भए बमोजिम हुने व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमा अनुरुपको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसूची–३ को निशान छाप भित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएकाले नेपालको संविधानको अनुसूची–३ मा संशोधन गर्ने प्रयोजनको लागि यो संशोधन विधेयक पेस गरेको छु ।’

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ५ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको