११ चैत्र २०८२, बुधबार | March 25, 2026

चीनले यस वर्षको वार्षिक आर्थिक वृद्धिदर नतोक्ने, रक्षा बजेट ६.६ प्रतिशतले वृद्धि



चीनले सन् १९९० पछि पहिलो पटक आफ्नो वार्षिक आर्थिक वृद्धिदर घोषणा स्थगित गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण ३० वर्षयता पहिलोपटक चीन आर्थिक वृद्धिदर तोक्न नसक्ने अवस्थामा पुगेको हो ।

चीनको राजधानी बेइजिङस्थित ग्रेटहल अफ दी पिपुलमा जारी चिनिया नेशनल पिपुल्स कंग्रेसको बैठकमा प्रधानमन्त्री लि खक्याङले आर्थिक वृद्धिदर नतोकिने घोषणा गरेका हुन् ।

‘यो किनभने कोरोनाभाइरस महामारी र विश्व अर्थतन्त्र र व्यापारको वातावरणले ठूलै अनिश्चितता हुने हुँदा हाम्रो देशले केही त्यस्ता कुराहरुको सामना गर्नेछ, जसले विकासबारे भविष्यवाणी गर्न कठिन छ’, प्रधानमन्त्री लीले संसदलाई सम्बोधन गर्दै भनेका छन् ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको सन् २०२० को पहिलो त्रैमासिक गतवर्षको तुलतामा ६.८ प्रतिशतले संकुचित भएको छ ।
महामारीपछि लगाइएको लकडाउनले व्यवसाय चौपट पारिरहँदा चीनले यस्तो निर्णय गरेको हो।

चिनियाँ नेतृत्वले आर्थिक सहायताका कदमहरु चाल्ने प्रतिबद्धता जनाउँदै आएको छ।

तर, चीनले सन् २०२० मा सैन्य बजेटमा भने ६.६ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । राष्ट्रिय पिपुल्स कङ्ग्रेसमा प्रस्तुत यो बजेट वृद्धिदर विगतको तुलनामा केही कम हो ।

संयुक्तराज्य अमेरिकापछि दोस्रो बढी सैन्य बजेट रहेको चीनले यस वर्षका लागि १ खर्ब ७८ अर्ब अमेरिकी डलर बजेट व्यवस्था गरेको छ ।

चीनले केही वर्षदेखि सैन्य खर्चमा कटौती गर्दै आएको छ । गत वर्ष चीनको सैन्य बजेटमा ७।५ प्रतिशत वृद्धि गरिएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ५ : ३७ बजे

उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले

तीन हजारभन्दा बढीलाई विपद्-प्रतिकार्य तालिम

काभ्रे । काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर