२७ बैशाख २०८३, आइतबार | May 10, 2026

तीन हजारभन्दा बढीलाई विपद्-प्रतिकार्य तालिम



काभ्रे । काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण हेडक्वार्टरले काभ्रेपलाञ्चोकमा विपद् व्यवस्थापन एवं प्रतिकार्य स्वयंसेवक आधारभूत तालिम तथा विपद सूचकसम्बन्धी अभ्यास अभियानमार्फत तीन हजारभन्दा बढीलाई तालिम प्रदान गरेको छ ।

एक वर्षे अभियानमा जिल्लाको १३ स्थानीय तहका १३५ वडामा तालिम तीन हजार ३६५ मनसुनजन्य तथा अन्य विपद् सूचक एवं स्वयंसेवक निर्माण गरेको गणले जनाएको छ । यस्तै १७ शैक्षिक संस्थाका एक हजार ३४३ विद्यार्थीलाई विपद् प्रतिकार्यमूलक सचेतना गराइएको छ ।

स्थानीय तहको समन्वयमा विपद् जोखिम न्यूनीकरण, तयारी तथा प्रतिकार्यबारे प्रशिक्षित गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीले जानकारी दिए । उनका अनुसार विभिन्न सामाजिक संस्थाका प्रतिनिधिलाई यसबारे प्रशिक्षित गराउँदै आइएको छ ।

गणले स्थानीयस्तरमा ‘सुरक्षित समाज’ को उद्देश्यका साथ मनसुन लक्षित तालिमसमेत सञ्चालन गरेको छ । ‘तालिममा विद्यार्थी, स्वाधीन आमा समूह तथा जोखिमयुक्त क्षेत्रका स्थानीयलाई सहभागिता गराउँदै आएका छौँ’, रेग्मीले भने ।

गणले गत असारमा विपद् प्रतिकार्यस्वरुप उद्धारार्थ नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेंसीमा तालिम प्राप्त उद्धारकर्ता, विपद् उद्धार सामग्रीसहित २५ जनाको सङ्ख्यामा मनसुनजन्य अस्थायी विपद् उद्धार बेस क्याम्पको स्थापना गरेको छ । उक्त क्याम्पले मनसुनको समयमा बाढीपहिरो र सडक अवरुद्ध हुने उच्च जोखिम भएकाले उद्धार राहत कार्यलाई प्रभावकारी बनाउने जनाइएको छ ।

यस्तै बीपी राजमार्ग क्षेत्रको सुरक्षा तथा शान्ति-सुरक्षा कायम गर्नुका साथै स्थानीय तह, सुरक्षा तथा अन्य सराकारवाला निकायसँग समन्वय गरी आकस्मिक अवस्थामा तत्कालै परिचालित भई विपद् व्यवस्थापनमा सहयोग पु¥याउने क्याम्पलाई जिम्मेवारी तोकिएको गणपछि रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ८ : १४ बजे

रास्वपाको सचिवालय बैठक आज, अधिवेशन तालिकादेखि अनुशासनात्मक कारबाहीसम्म छलफल हुने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ स्थित वभनगामा टोलमा गएराति

मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीसाधन केही बेरका