७ आश्विन २०८३, बुधबार | September 23, 2026

चितवनका कोरोना संक्रमित दम्पतीका छोरालाई पनि संक्रमण पुष्टि



चितवन । कोरोना भाइरसको संक्रमण भएका भरतपुर महानगरपालिका वडा नं. ६ का दम्पतीको ५३ वर्षीय जेठा छोरालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान गरेको अद्यावधिक विवरण अनुसार भरतपुर–६ का एक जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित व्यक्ति शुक्रबार संक्रमित दम्पतीका छोरा भएको भरतपुर अस्पतालले जनाएको छ।

भारतको दिल्लीस्थित राजीवगान्धी क्यान्सरअस्पतालबाट बाबुको उपचार गराएर फर्किएका छोरालाई कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

यसअघि, गरिएको परीक्षण नेगेटिभ देखिए पनि भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट कोरोना पुष्टि भएको जनाइएको छ ।

कोरोना पुष्टि भएसँगै संक्रमितलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याइएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ९ : ५० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई