१३ चैत्र २०७९, सोमबार | March 28, 2023

तरकारी खोज्दै बारीमै पुग्न थाले उपभोक्ता



तनहुँ । उपभोक्ता स्थानीय उत्पादन खोज्दै कृषकको बारीमा पुग्न थालेका छन् । बजारका तरकारी पसलमा विभिन्न जिल्लाबाट तरकारी आयात हुन थालेपछि दमौली आसपासका उपभोक्ता तरकारी खोज्दै स्थानीय कृषकको बारीमा पुग्न थालेका हुन् ।

व्यास नगरपालिका–५ पाटनमा शुरु गरिएको बगरखेतीमा यतिबेला उपभोक्ताको भीड लाग्ने गरेको छ । पाटनका स्थानीयवासीले उत्पादन गरेका तरकारी लिन दमौली आसपासका उपभोक्ता बारीमै पुग्ने गरेको तरकारी उत्पादक कृषक चिजामाया जोशीले जानकारी दिनुभयो ।

“बन्दाबन्दी अगाडि बारीमै आएर तरकारी खरिद गर्ने उपभोक्ता निकै कम हुन्थे, तर अहिले दैनिक ४०÷५० जनाभन्दा बढी उपभोक्ता बारीमै आउन थाल्नुभएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार बजारमा बाहिरी जिल्लाबाट तरकारी आयात हुन थालेकाले उपभोक्ता स्वच्छ एवं ताजा तरकारी खरिद गर्न बारीमै आउन थालेका हुन् ।

उहाँका अनुसार बन्दाबन्दी अगाडि बजारमा लगेर बिक्री गर्नुपर्ने समस्या भए पनि अहिले बारीमै सहजरुपमा तरकारी बिक्री भइरहेको छ । “बन्दाबन्दीको समयमा पनि बारीमा उत्पादित तरकारीले सहजरुपमा बजार पाइरहेको छ”, जोशीले भन्नुभयो । उहाँले करेला, भिन्डी, खुर्सानी, घिरौलालगायत तरकारीखेती गर्नुभएको छ ।

सोही ठाउँका क्यामबहादुर बोटेले बगरमा लगाइएको तर्बुजाले पनि यतिबेला सहजरुपमा बजार पाइरहेको जानकारी दिनुभयो । एक रोपनी क्षेत्रफलमा लगाइएको तर्बुजा उपभोक्ताले बारीमै आएर खरिद गर्ने गरेको उहाँले जानकारी दिनुभयो । प्रतिकिलो रु ५० मा तर्बुजा बिक्री भइरहेको छ ।

व्यास नगरपालिका–१० रानीगाउँका विष्णु गिरीले स्वच्छ एवं ताजा तरकारी पाइने भएकाले बारीमै पुगेर तरकारी खरिद गरेर ल्याएको जानकारी दिनुभयो । “बजारमा अन्य जिल्लाबाट तरकारी ल्याएको सुनिन्छ, अहिलेको अवस्थामा बाहिरी जिल्लाबाट ल्याएको तरकारी उपभोग गर्न पनि डर छ”, उहाँले भन्नुभयो, “आफ्नै ठाउँमा उत्पादित तरकारी उपभोग गर्दा ढुक्क पनि भयो, कृषकको उत्पादनले बजार पनि पाउने भयो ।”

शुक्लागण्डकी हप्ताको चार दिन खुल्ने

शुक्लागण्डकी नगरपालिकाले खाद्यान्न तथा तरकारी पसल हप्ताको चार दिन खोल्न पाउने निर्णय गरेको छ । नगरपालिकाले आइतबार, सोमबार, बिहीबार र शुक्रबार बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म अत्यावश्यक खाद्यान्न पसल खोल्न दिने निर्णय गरेको हो ।

नगरप्रवक्ता खिमबहादुर कुमालका अनुसार मेडिकल, बिज भण्डार, डेरी, भेटेरिनरीबाहेक अन्य पसल भने सधैँ बन्द हुनेछन् । उहाँका अनुसार नगरपालिकाको निर्णयअनुसार सञ्चालन गर्न दिइएका पसलले सामाजिक दूरीका साथै सुरक्षा प्रबन्ध मिलाउनुपर्नेछ ।

भारतका विभिन्न ठाउँमा रोजगारीका लागि पुगेका जिल्लावासी सुनौली बोर्डरमा अलपत्र परेपछि उद्धार थालिएको छ । कोभिड–१९ को जोखिमपछि जिल्ला फर्कन लागेका जिल्लावासी सुनौली बोर्डरमा अलपत्र परेपछि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयको पहलमा उनीहरुको उद्धार शुरु गरिएको हो ।

सुनौली बोर्डरमा आइपुगेका देवघाट गाउँपालिकाका तुलबहादुर गुरुङले त्यहाँ रहेका जिल्लावासीको तथ्याङ्क उपलब्ध गराएपछि उनीहरुलाई उद्धारको पहल गरिएको सामाजिक अभियान्ता खड्क आले मगरले जानकारी दिनुभयो । भारतीय प्रहरीले नेपालीलाई बोर्डरसम्म ल्याएर छाडिदिएको गुरुङलाई उद्धृत गर्दै मगरले बताउनुभयो ।

बोर्डरमा अलपत्र परेका जिल्लावासीलाई उद्धार गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेसँग समन्वय गरेको आलेले बताउनुभयो । उहाँका अनुसार त्यहाँ रहेकामध्ये २५ जनालाई शुक्रबार नै उद्धार गरेर जिल्ला फर्काइएको छ । उद्धार गरिएकामध्ये देवघाट गाउँपालिकाका दुई, ऋषिङ गाउँपालिकाका छ, भीमाद नगरपालिकाका १०, म्याग्दे गाउँपालिकाका तीन, घिरिङ गाउँपालिकाका तीन र व्यास नगरपालिकाका एकजना रहेका छन् ।

सोही ठाउँमा रहेका जिल्लाका विभिन्न ५० जिल्लावासीमध्ये ३० जनालाई उद्धार गर्नका लागि प्रशासन कार्यालयबाट पास उपलब्ध भइसकेको छ । बाँकी २० जनालाई पनि उद्धारका लागि पास बनाउने प्रक्रिया शुरु भएको छ । तीमध्ये घिरिङ,देवघाट,म्याग्दे गाउँपालिका तथा व्यास र भीमाद नगरपालिका लगायतका छन् ।

उद्धार गरिएकाहरु भारतको विभिन्न शहरमा रोजगारीका लागि गएका हुन् । यहाँका अन्य पनि भारतबाट फर्कन सक्ने भएकाले उनीहरुलाई राख्नका लागि स्थानीय तहले क्वारेन्टिन बनाएका छन् । उद्धार गरेर ल्याइएकालाई सम्बन्धित स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा राखिनेछ ।

जिल्लाका १० स्थानीय तहमा हालसम्म १९४ श्ययाको क्वारेन्टिन निर्माण गरिएको छ भने ५००य श्ययाको क्वारेन्टिन बनाउने तयारी स्थानीय तहले गरिसकेका छन् । त्यस्तै पाँच स्थानमा ४२ श्ययाको आइसोलेशन कक्ष निर्माण गरिएको छ ।

भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकाको पिसिआर परीक्षणलाई पनि तीव्रता दिइएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । हालसम्म ८२ जनाको स्वाब परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ ।

– रासस

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  १ : २५ बजे

‘तिलौराकोट-कपिलबस्तु सम्पदा उत्सव’

लुुम्बिनी । प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुका पुरातात्विक सम्पदाहरुको संरक्षण

एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा

काठमाडौं । नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका

एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली

गुल्मी । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

कांग्रेस कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सर्‍यो

काठमाडौं । मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति

आर्ट अफ लिभिङको आयोजनामा ‘रामलला की माता’ कथा

भैरहवा । मानवलाई ‘जिवन जिउने कला’ सिकाउदै अघि बढेको संस्था