११ चैत्र २०८२, बुधबार | March 25, 2026

प्रसिद्ध अर्थशास्त्री नुरियल रुबिनिको चेतावनी : अर्थतन्त्रमा कोरोना भाइरसको असर १० वर्षसम्म रहन्छ



एक प्रसिद्ध अर्थशास्त्रीले कोरोनाभाइरसका कारण संसारभर लामो आर्थिक मन्दी हुने र त्यसबाट फर्कन लामो समय लाग्ने चेतावनी दिएका छन्।

दुखित बनाउने खालका भविष्यवाणीका लागि चिनिएका प्राध्यापक नुरियल रुबिनिले महामारीका कारण गुमेका केही जागिरहरू कहिल्यै नफर्कने बताएका छन्।

यसवर्ष कोरोनाभाइरसको प्रभावबाट विश्वव्यापी अर्थतन्त्रमा सुधार आए पनि यसको असर लामो समय देखिने उनको भनाइ छ। ‘अभूतपूर्व’ आर्थिक मन्दीको चेतावनी दिएका प्राध्यापक रुबिनि सन् २००८ को वित्तीय सङ्कटका बारेमा अरूभन्दा पहिले गरेको अनुमानका लागि चर्चित छन्।

‘सन् २००८ को सङ्कटका समयमा करिब तीन वर्ष लागेको थियो’, उनले बीबीसीको टकिङ एशिया कार्यक्रमा न्यूयोर्कस्थित आवासबाट भने, ‘तर यो पटक तीन वर्ष लागेन, तीन महिना पनि लागेन। तीन हप्तामै सबै ध्वस्त भयो।’

कठोर
प्राध्यापक रुबिनिले यसबाट फर्कन अर्थतन्त्र ‘यु’आकारको हुने बताए। यसको अर्थ आर्थिक वृद्धि शून्यमा पुगेर लामो समयपछि माथि उक्लन थाल्नु हो।

उनले अझ त्यो ‘एल’ आकारको हुनसक्ने बताए जसको अर्थ शून्यको नजिक लामो समयसम्म रहन सक्छ। यसको कारण धनी र गरिब सबै देशहरूमा कोरोनाभाइरसका कारण गुमेको रोजगारी हो।

‘गुमेका यी रोजगारीहरू आंशिक रूपमा मात्र फर्कन्छन् एवम् कम तलब र आंशिक रोजगारीका रूपमा बिस्तारै आउँछन्’, उनले भने, ‘औसत व्यक्तिका लागि आम्दानी र ज्याला अझै कम हुनेछ।’

अर्थतन्त्र माथि कसरी जान्छ ?

‘तपाईंले पसल र व्यवसाय खोल्न सक्नुहुनेछ तर के तिनीहरूको व्यापार फिर्ता आउँछ भन्ने प्रश्न हो ?’ रुबिनि भन्छन्। ‘चीनमा अधिकांश पसलहरू अझै खाली छन्। आधा उडानहरू छैनन्। जर्मनीमा पसलहरू खुल्ला छन् तर को किन्न जान चाहन्छ ?’

एशियाले भने ‘अन्य उन्नत अर्थतन्त्रहरू’ भन्दा राम्रो वृद्धि देख्ने उनको भनाइ छ। तर अमेरिका र चीनबीच ठूलो विभाजन हुने र धेरै एशियाली देशहरू दुई महाशक्तिबीच एकको पक्षमा लाग्न बाध्य हुने उनको अनुमान छ।

‘उनीहरूले अन्य देशले कि हामीसँग कि हाम्रोविरूद्ध भन्ने छन्,’ प्राध्यापक रुबिनि भन्छन्। ‘त्यसैले संसार अझ विभाजित हुनेछ।’

(करिस्मा भास्वानी बीबीसीका अर्थसम्वाददाता हुन् )

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  २ : ४४ बजे

नेपाली बजारमा ‘एथर रिज्टा एस’ आउँदै, ३ लाखभित्र मूल्य हुने संकेत

बुटवल । वैद्य इनर्जी प्रालिले नेपालका लागि एथरको नयाँ इलेक्ट्रिक

चितवनमा चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित

उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका