७ आश्विन २०८३, बुधबार | September 23, 2026

राजपा र समाजवादी पार्टीले देउवालाई भने, – संविधान संशोधनमा मधेश मुद्दा पनि समेटियोस



काठमाडौं । तराई मधेशमा मुख्य राजनीतिक आधार भएका दुई पार्टी राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले संविधान संशोधन गर्दा मधेशको मुद्दा पनि सहमतिमा समावेश गरिनुपर्ने बताएका छ्न ।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट गरेका दुई प्रतिपक्षी दलले सरकारले ल्याएको संविधान संशोधनकै अवसर पारेर मधेशको मुख्य माग समेत सम्बोधन हुनेगरी संविधान संशोधन गरिनुपर्ने बताएका हुन् ।

पार्टी एकताको सहमति गरिसकेका यी दुई दलले अहिले संविधान संशोधन गराउनसकिएन भने फेरि अर्को पटक संशोधन गराउन नसकिने जिकिर गरेका छन् ।

सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्रलाई समेटेर गत जेठ ५ गते नयाँ नक्शा जारी गरेपछि जेठ ९ गते शुक्रबार संविधानको अनुसूचि ३ अनुसार निशान छाप संशोधन गर्नका लागि संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको छ ।

सभापति देउवासँग दुवै पार्टीका नेताले यही बेला आफुहरुले ५ वर्षदेखि उठाउँदै आएको संविधान संशोधनको मागलाई पनि सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

उनीहरुले देउवासँग सरकारलाई प्रतिपक्षी दलहरुको यौटै आवाज बनाएर सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दबाब दिनुपर्ने धारणा राखेका थिए । संसदमा सरकारको विरोध गर्न मुख्य प्रतिपक्षी नेपाली काँग्रेस र समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टीबीच मोर्चावन्दी भैसकेको छ ।

संविधान संशोधन गर्नका लागि नेकपासँग दुई तिहाई बहुमत छैन । यसका लागि प्रतिपक्षी दलहरुको सहयोग आवश्यक पर्छ ।

राजपा र सपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति गरेको आरोप लगाएका छन् । गत बैशाख ३१ गतेको सर्वदलीय वार्तामा आफुहरुले दलहरुबीच राजनीतिक सहमति जुटाएर भारतसँग वार्ता गर्न सुझाव दिए पनि सरकारले थप कुनै पनि सुझाव नलिएको र भारतसँग पनि वार्ता गर्न पहल नगरेको आरोप लगाएका छन् ।

समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले त सरकारले पहाड देखाएर कोरोनाबाट पीडित जनतालाई वेवास्ता गर्न लागेको आरोप लगाउनुभएको छ ।

राजपाका नेता राजेन्द्र महतोले पनि प्रधानमन्त्रीले नक्शा प्रकाशित गर्दा र संविधान संशोधनको प्रस्ताव दर्ता गर्दा आफुहरुसँग कुनै सल्लाह नलिएको भन्दै प्रधानमन्त्रीले उल्टै भारतविरुद्ध उत्तेजक भारष गरेर देशलाई अहित हुने अवस्था निम्त्याएको टिप्पणी गर्नुभएको छ ।

सपा र राजपाले नेकपाभित्रको आन्तरिक शक्तिसन्तुलन बिग्रन थालेपछि प्रधानमन्त्रीले नक्शा राजनीति गरेको हुनसक्ने आंकलन समेत गरेका छन् । कतिपय भारतीय विश्लेषक र मिडियाहरुले यसअघि नै यस्तै टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ५ : २६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई