३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

भारतका चार शहरमा रहेका १ हजार नेपाली नागरिकलाई स्वदेश फर्काइयो



नयाँदिल्ली । भारतका विभिन्न शहरमा झण्डै ४० दिनदेखि क्वारेन्टिनमा बसेका १ हजारभन्दा धेरै नेपाली नागरिकलाई नेपाल पठाइएको छ ।

दिल्लीमा रहेका प्रवासी युवा नेताहरु सन्दीप राना र आर.बी. खड्काको बिशेष पहलमा चारवटा नाकाबाट उनीहरूलाई नेपाल पठाइएको हो ।

भारतीय प्रशासन र नेपालका स्थानीय जनप्रतिनिधिको समन्वयमा अप्ठेरोमा रहेका नेपाली नागरिकलाई स्वदेश पठाइएको प्रवासी नेपाली युवा नेता अखिल भारत नेपाली एकता मञ्चका सचिव आरबी खड्काले बताउनुभयो ।

नेपाल सरकारले पनि भारतलगायत विदेशमा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न गृहकार्य गरिरहेकाे छ ।

भारतबाट नेपाल पठाइएका नागरिकहरू भारतकै क्वारेन्टाइन अवधि पूरा गरेका हुन् ।

क्वारेन्टाइन अवधि पूरा गरिसकेका नेपालीलाई स्वदेश फिर्ता पठाउनुपर्छ भन्दै आफूहरुले गत मंगलबारदेखि अभियान नै चलाएको खड्काले बताउनुभयो ।

भारतमा रहेका नेपालीको समस्यामा यहाँका सबै संघ संस्था र जनवर्गीय संगठनहरुको एक रहेको उहाँले बताउनुभयो ।

नेपालीलाई स्वदेश फिर्ता अभियानमा सहयोग पुर्याएको भन्दै खड्काले प्रवासी नेपाली एकता मञ्च भारतका संयोजक लोकनाथ भण्डारी, सहसंयोजक इश्वरी भण्डारी, नेपाली जनसम्पर्क समिति अध्यक्ष बाल कृष्ण पाण्डे, अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय उपाध्यक्ष राजेन्द्र शर्मा, प्रवासी नेपाली संघ भारतका केंद्रीय महासचिब डम्बर रावल, प्रवासी नेपाली संघ भारत केन्द्रीय सचिवालय सदस्य हरिप्रसाद घिमिरे, महाराष्ट्रमा रहेका अखिल भारत नेपाली एकता मञ्च केंद्रीय सचिब मोहन देवकर, केन्द्रीय सचिब गिरधरी सुबेदी, केन्द्रीय सचिब ऐन रावल कर्नाटक र अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय सदस्य भानु बजगाई, जीवन शर्मा र समाजसेवी दिपक जीसी, बिद्यार्थी नेता अम्बिका जोशी र नेता सुधन महतको सञ्चारकर्मी अर्जुन खनाल, मित्र मञ्च रगुनाथ पाण्डे, नेपाली दूतावास नयाँ दिल्ली लगायत भारतमा रहेका सबै संघ सङ्गठनहरूलाई धन्यवाद दिनुभएको छ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ८ : ४५ बजे

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ