२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

संक्रमित पनि थपिंदै निको हुनेको संख्या पनि बढ्दै, एकै दिन ७५ थपिए, १९ निको भए



बुटवल । नेपालमा जति संक्रमित बढ्दै छ उति बढी निको हुनेको संख्या पनि थपिंदै गएको छ । बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जनाले कोरोनो जितेको भोलिपल्ट आज बुटवलको कोरोना विशेष अस्पतालबाट एकसाथ १० जना र बीरगंज स्थित नारायणी अस्पतालबाट ९ जनाले कोरोना भाइरसलाई पराजित गरेकाछन् ।

आज बुटवल स्थित बिशेष अस्पतालबाट डिस्चार्ज हुनेहरु सबै कपिलवस्तुका हुुन्। दुई साता अघि अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोरोना बिशेष अस्पतालले जनाएको छ ।

३६ जनाले उपचार गराईरहेका कोरोना बिशेष अस्पतालमा १० जना निको भएर फेर्क पछि १० बेड खालि भएको छ । खालि बेडमा आइसोलेसन नपाएर क्वारेन्टाइनमा राखिएको संक्रमितलाई राखिने लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले बताउनु भयो ।

यस अघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेको छन्। प्रदेश पाँचमा कोरोना संक्रमितको संख्या आज सम्ममा सबैभन्दा धेरै २ सय ७१ छ। जसमध्ये ३२ जना निको भएकाछन् भने २ जनाले ज्यान गुमाएका छन् ।

मेडिकल सुपरिटेन्डन डा. खनालले मानिस अनुशासनमा बस्ने सकेमा कोरोना संक्रमण रोक्न सकिने बताउनुभयो। लकडाउनको पालना गरेर घरमै बस्नुपर्ने र सरसफाइमा ध्यान दिनु पर्ने उहांको भनाई छ ।

उता नारायणी अस्पताल बीरगंजबाट पनि आजै ९ जना संक्रमित निको भएर घर फर्केका छन् । प्रदेश नम्बर २ का बिभिन्न जिल्लाका उनीहरु झण्डै २१ दिनको अस्पताल बसाई पुरा गरेर घर फर्केका हुन् । नेपालमा अहिले सम्म ७९ जनाले कोरोना भाइरस बिरुद्ध बिजयी हासिल गरेका छन् ।

आज मात्र नेपालका बिभिन्न प्रयोगशालाहरुले ७५ जनामा संक्रमण भएको पुष्टी गरेको छ । नेपालमा संक्रमितहरुको संख्या ५९१ पुगेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ८ : ४८ बजे

काठमाडौंमा मतदान गरेर हेलिकोप्टरमार्फत झापा लागे रास्वपा नेता बालेन साह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेस सभापति थापाद्वारा मतदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौंको मैतीदेवी मन्दिर

प्रधानमन्त्री कार्कीद्वारा मतदान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नं ५ स्थित

देशभर मतदान जारी (फोटो फिचर)

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको

परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट

काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि चीनका राजदूत