१३ चैत्र २०७९, सोमबार | March 27, 2023

सरकारले आइतबार दिने भनेको इदको बिदा सोमबार दिने



काठमाडौं । मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा भोलि (सोमबार) दिने भएको छ ।

सरकारले यसअघि सार्वजनिक गरेको सार्वजनिक बिदा सच्याउँदै जेठ १२ गते सोमबार दिने भन्दै सूचना सच्याएको छ ।

यसअघि जेठ ११ गते आइतबार ईदको सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो । सोही निर्णयअनुसार गृह मन्त्रालयले सूचना निकालेर ११ गते सार्वजनिक बिदा दिइएको जानकारी गराएको थियो ।

तर, गृह मन्त्रालयले फेरि अर्को सूचना निकालेर त्यसलाई सच्याइएको जानकारी दिएको छ । अब ईदको सार्वजनिक बिदा सोमबार दिइएको गृह मन्त्रालयको संशोधित सूचनामा उल्लेख छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

नेपाल र दक्षिण एसियाभरबाट २०७७ जेठ १० मा चन्द्रमा नदेखिएकाले ईद पर्व २०७७ जेठ १२ गते मनाउने निर्णय भएको र सोही दिन सार्वजनिक विदा कायम गरिएको गृह मन्त्रालयको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ७ : ३८ बजे

एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा

काठमाडौं । नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका

एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली

गुल्मी । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

कांग्रेस कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सर्‍यो

काठमाडौं । मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति

आर्ट अफ लिभिङको आयोजनामा ‘रामलला की माता’ कथा

भैरहवा । मानवलाई ‘जिवन जिउने कला’ सिकाउदै अघि बढेको संस्था

संघीयता असफल भैसक्यो, प्रदेश खारेज गरौ- राजमो

बुटवल । राष्ट्रिय जनमोर्चा संघीयताविरुद्व देशभर विरोध प्रदर्शन गरेको छ