२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप



काठमाडौं । काठमाडौंको डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ ।

कारागाभित्र चौकीदार फेर्ने विषयमा कुरा नमिल्दा कैदीवन्दीबीच झडप भएको कारागार प्रशासनले जनाएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले सोमबार बिहान विवाद हुँदा सामान्य झडप भएको बुझिएको र विस्तृत जानकारी आउन बाँकी रहेको राससलाई बताउनुभयो ।

प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्रै नाराबाजीसमेत गरेका थिए । कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरिएकोसमेत जनाइएको छ ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख विश्वराज पोखरेलले चौकीदार राख्ने विषयमा विवाद हुँदा कारागारमा भित्रबाट ताला लगाएर प्रदर्शन भएको र अहिले प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइसकिएको जानकारी दिनुभयो ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ९ : ४५ बजे

कांग्रेस सभापति थापाद्वारा मतदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौंको मैतीदेवी मन्दिर

प्रधानमन्त्री कार्कीद्वारा मतदान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नं ५ स्थित

देशभर मतदान जारी (फोटो फिचर)

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको

परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट

काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि चीनका राजदूत

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग