१३ मंसिर २०७९, मंगलबार | November 29, 2022

डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप



काठमाडौं । काठमाडौंको डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ ।

कारागाभित्र चौकीदार फेर्ने विषयमा कुरा नमिल्दा कैदीवन्दीबीच झडप भएको कारागार प्रशासनले जनाएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले सोमबार बिहान विवाद हुँदा सामान्य झडप भएको बुझिएको र विस्तृत जानकारी आउन बाँकी रहेको राससलाई बताउनुभयो ।

प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्रै नाराबाजीसमेत गरेका थिए । कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरिएकोसमेत जनाइएको छ ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख विश्वराज पोखरेलले चौकीदार राख्ने विषयमा विवाद हुँदा कारागारमा भित्रबाट ताला लगाएर प्रदर्शन भएको र अहिले प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइसकिएको जानकारी दिनुभयो ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ९ : ४५ बजे

मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन सूचना

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई

निर्वाचनको समीक्षा गर्न एकीकृत समाजवादीको बैठक जारी

काठमाडौं। आमनिर्वाचनपछि राष्ट्रिय दल बन्न संघर्षरत नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको

अशान्त थापाथली बस्ती : रातभर जाग्राम, दिनभर धर्नामा

काठमाडौं । सोमबार दिउँसो काठमाडौं महानगरेको टोली डोजरसहित थापाथलीको सुकुम्बासी

स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकवीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमती प्राप्त

‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाको लाभांशमा केन्द्रीय बैंकको कडाई

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा लघुवित्त वित्तीय संस्थाहरूको लाभांशमा थप कडाइ