४ पुस २०८२, शुक्रबार | December 19, 2025

वलिउडका चर्चित अभिनेता किरण कुमारलाई एसिम्प्टोमेटिक कोरोना



बलिउडका चर्चित अभिनेता किरण कुमारलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । किरण कुमारलाई गत मे १४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोरोनाको कुनै लक्षण बिना पोजेटिभ (एसिम्प्टोमेटिक) देखिएको थियो ।

किरणले न्यूज १८ लाई बताएका छन् कि उनी केही दिन पहिले सामान्य औषधोपचारका लागि अस्प्ताल गएका थिए । उनलाई कोरोनाभाइरसको परीक्षण गराउन भनिएको थियो। मे १४ मा परीक्षण सकारात्मक देखिए पछि अहिले उनी घरमै क्वारेन्टाइनमा बसेका छन् ।

‘मलाई कुनै लक्षण विना कोरोना सकारात्मक देखिएको छ । मैले मे १४ मा परीक्षण गरेको थिए । पछिपछि मलाई कोरोनाभाइरस भएको पत्ता लगायो। तर मलाई न त ज्वरो छ, न खोकी छ, न कुनै श्वासफेर्दा कुनै अप्ठ्यारो भएको छ । म ठिकै छु । घरमा मैले क्वारेन्टाइनमा बसेको छु। यो १० दिनको बीचमा पनि ममा कुनै लक्षण विकास भएको छैन’, उनले भने ।

उनी अहिले आफ्नो घरको तेस्रो तलामा बसेका छन् । घरका अन्य परिवार दोस्रो तलामा बस्छन् ।

वलिउडका धेरै चलचित्रमा किरण कुमारले अभिनेताको अभिनय गरेका छ्न ।

वलिउड इन्ट्रस्ट्रीमा अभिनेत्री कनिका कुपरलाई सबैभन्दा पहिला कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनको लखनउमा उपचार भएको थियो ।

यसैगरी निर्माता करीम मोरानी र उनकी छोरीहरू जोआ र शाजालाई पनि कोरोनाभाइरस पत्ता लागेको थियो। यद्यपि उनीहरूलाई निको भैसकेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  १२ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको