७ आश्विन २०८३, बुधबार | September 23, 2026

बन्द रंगशालामा १३ हजार दर्शक : ओहो ! यो कसरी ?



जर्मन बुन्डेस लिगा अन्तर्गत शनिबार राति बन्द रंगशालामा गरिएको भनिएको खेलमा १३ हजार दर्शक उपस्थित भएका छन् ।

खेलमा बोरुसिया मोन्चेन ग्लाडवाच र वायर लिभरकुसेनबीच प्रतिस्पर्धा भएको थियो ।

तर, नझक्किनुस है । ति वास्तविक दर्शक थिएनन, कार्टुनका दर्शक मात्रै थिए ।

कोरोना भाईरसको महामारी बीच सुरु गरिएको लिग बन्द रंगाशालामा भनिएपनि घरेलु टोली मोन्चेन ग्लाडवाचले १३ हजार समर्थक मैदान उतारेको थियो ।

मोन्चेन ग्लाडवाचको मैदानमा भएको खेलमा वायर लिभरकुसेनले ३–१ को जित निकालेको थियो ।

घरेलु टोलीले आफ्नो टिमको मनोवल बढाउन कार्टुन दर्शक उतारेको थियो ।
लिभरकुसेनका लागि केइ हार्भटेजले दुई गोल गर्दा स्भन बेन्डरले एक गोल गरेका थिए । घरेलु टोलीका मार्कुस थुरामले एक गोल फर्काए ।

लिगमा वास्तविक दर्शकलाई भने प्रवेश निषेध गरिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ४ : ५५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई