९ चैत्र २०८१, शनिबार | March 22, 2025

बन्द रंगशालामा १३ हजार दर्शक : ओहो ! यो कसरी ?



जर्मन बुन्डेस लिगा अन्तर्गत शनिबार राति बन्द रंगशालामा गरिएको भनिएको खेलमा १३ हजार दर्शक उपस्थित भएका छन् ।

खेलमा बोरुसिया मोन्चेन ग्लाडवाच र वायर लिभरकुसेनबीच प्रतिस्पर्धा भएको थियो ।

तर, नझक्किनुस है । ति वास्तविक दर्शक थिएनन, कार्टुनका दर्शक मात्रै थिए ।

कोरोना भाईरसको महामारी बीच सुरु गरिएको लिग बन्द रंगाशालामा भनिएपनि घरेलु टोली मोन्चेन ग्लाडवाचले १३ हजार समर्थक मैदान उतारेको थियो ।

मोन्चेन ग्लाडवाचको मैदानमा भएको खेलमा वायर लिभरकुसेनले ३–१ को जित निकालेको थियो ।

घरेलु टोलीले आफ्नो टिमको मनोवल बढाउन कार्टुन दर्शक उतारेको थियो ।
लिभरकुसेनका लागि केइ हार्भटेजले दुई गोल गर्दा स्भन बेन्डरले एक गोल गरेका थिए । घरेलु टोलीका मार्कुस थुरामले एक गोल फर्काए ।

लिगमा वास्तविक दर्शकलाई भने प्रवेश निषेध गरिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ४ : ५५ बजे

२३ औ तिलोत्तमा गोल्डकप शुरु, हावाहुरीले रोकिएको बाँँकी खेल आईतबार बिहान हुने

बुटवल । २३ औ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा

बाँकेबाट ठुलो परिमाणमा लागु औषध ब्राउनसुगर सहित एकजना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगर

‘सङ्घीयतालाई सुदृढ बनाउन जरुरी छ’

बागलुङ । पूर्वउपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयतालाई सुदृढ बनाउन

तेश्रो लुम्बिनी अन्तरराष्ट्रिय ‘पिस म्याराथन’को उपाधि अनिशलाई

भैरहवा । लुम्बिनीमा सम्पन्न तेस्रो अन्तरराष्ट्रिय पिस म्याराथनको उपाधि अनिश

प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको अध्यक्षमा कुंवर

बुटवल । प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको प्रथम अधिवेशनले नवराज