१२ बैशाख २०८१, बुधबार | April 24, 2024

एसईई परीक्षा स्थगित गर्न र विद्यालयस्तरीय पठनपाठन सुरु गर्न शिक्षाविद्को सुझाव



काठमाडौं । शिक्षाविद्हरुले एसईईको परीक्षा स्थगन गर्न र विद्यालयस्तरको पठनपाठन सुचारु गर्ने व्यवस्था मिलाउन र सुझाव दिएका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि सरकारले लकडाउन लागू गरेपछि सबै विद्यालय र विश्वविद्यालयको पठनपाठन बन्द छ । लामो समयसम्म पठनपाठन बन्द गर्दा बालबालिकाको मनोविज्ञानमा असर पर्न सक्ने भन्दै कुनै न कुनै उपाय अपनाई विद्यालय सुचारु गर्न विज्ञहरुले सुझाव दिएका हुन् ।

संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त समिति) को आइतबारको बैठकमा विज्ञहरुले एसईईको परीक्षा स्थगित गर्न र विद्यालयलाई सञ्चालन गर्ने वातावरण निर्माण गर्न सुझाव दिएका छ।

शिक्षाविद् डा. मनप्रसाद वाग्लेले विद्यार्थीहरुलाई पालैपालो सिफ्टवाइज विद्यालय बोलाएर पढाई सूचारु गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले देशभरका अधिकांश विद्यालयलाई क्वारेन्टाइन बनाइएको र त्यसको व्यवस्थापन कठिन हुने भन्दै सरकारले तत्काल विचार गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयलाई निर्मलिकरण गर्ने, पालैपालो विद्यालयमा बोलाउने, विद्यार्थीलाई मास्क, पन्जा र स्यानिटाइजरको व्यवस्था गर्ने, प्रत्येक विद्यालयमा इन्फ्रारेड थर्मोमिटरको व्यवस्था गर्ने, शौचालयको राम्रो व्यवस्थागर्ने लागयतका काम गर्नपनि सुझाव दिनुभयो ।

लकडाउनमा केही विद्यालयहरुले अनलाइनबाट पढाई सुरु गरेका छन् । तर सबै विद्यार्थीहरुमा इन्टरनेटको उपलब्धता नहुने भएकाले उक्त प्रविधि सबैका लागि उपयुक्त नहुने पनि विज्ञहरुले बताएका छन् ।

सरकारले टेलिभिजन, रोडियो, छापा र अनलाइन मिडियाबाट पढाउने गरी पाठ्यक्रमको विकास गर्नपर्नेमा विज्ञहरुले सुझाव दिएका छन् । शिक्षाविद् डा. विद्यानाथ कोइरालाले अध्यादेश जारी गरेर भएपनि कक्षा १० र ११ को परीक्षा हटाउनुपर्ने बताउनुभयो । उहाँले कोरोनाको समयमा विद्यालय सञ्चालन गर्न कठिन भए उत्पादनसँग जोडेर शिक्षा प्रणालीको विकास गर्नुपर्ने बताउनुभयो ।

सांसद डा. मिनेन्द्र रिजालले प्रविधिको प्रयोग गरी विद्यायल शिक्षालाई सुचारु गर्न सकिने बताउनुभयो । उहाँले सरकारले प्रविधिको विकासका लागि श्रोत दिने र स्थानीय तहबाट शिक्षाका क्रियाकलापलाई व्यवस्थापन गर्नेगरी काम गर्नुपर्ने बताउनुभयो ।

सांसद पम्फा भुसालले विद्यालय शिक्षालाई नियमित कसरी गर्ने, परिमार्जन कसरी गर्ने भन्ने विषयमा तत्काल निर्णय गर्नुपर्ने बताउनुभयो । उहाँले एसईई परीक्षा हटाई कक्षा १२ को परीक्षा परीक्षा बोर्डबाट लिनुपर्ने बताउनुभयो । उहाँले एसईई परीक्षा सञ्चालन गर्ने विषयभित्र आर्थिक स्वार्थ समेत लुकेको हुनसक्ने भन्दै यसलाई हटाई कक्षा १२ को परीक्षा मात्रै लिनुपर्ने बताउनुभयो ।

सांसद प्रभु साहले कोरोना भाइरसको जोखिमको अवस्था कति लामो समय सम्म जान्छ र विद्यालय कहिले सम्म बन्द हुन्छ भन्ने विषयमा स्पस्ट हुनुपर्ने बताउनुभयो । उहाँले लामो समय विद्यालय बन्द हुने, अनलाइनको पाठ्यक्रमको विकास र प्रणालीको विकास गर्न समय लाग्ने भएकाले मन्त्रालयले योजनाको विषयमा समितिले जानकारी लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

गत चैत ११ गते देखि लकडाउन भएपछि एसईईको परीक्षा स्थागित भएको छ । लकडाउनका कारण विद्यालयहरु सञ्चालनमा आउन पनि सकेका छैनन् । यस्तै लामो समयसम्म कोरोना भाइरसको संक्रमणको जोखिम देखिने अवस्थामा विद्यालय शिक्षामा असर पर्ने पक्का छ । किनभने अधिकांश विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ । जसले गर्दा विद्यालयलाई तत्काल सुचारु गर्न कठिनाई हुने छ । लकडाउन पछि पनि विद्यालय सञ्चालन गर्न न्यूनतम स्वास्थ्य सुरक्षा अपनाउनको लागि प्रत्येक विद्यालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने हुन्छ । त्यसको तयारी सरकारले अहिले सम्म गरेको छैन् । त्यसैले लामो समयसम्म विद्यालय शिक्षा बन्द हुने भन्दै विद्यालयलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा समितिले छलफल सुरु गरेको हो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ६ : ०६ बजे

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

एक जना मन्त्री लिएर सरकार बिस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ आउँदै