८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोरानाबाट मृत्यु भएकासंगै आईसियुमा उपचार गरिएकाको परीक्षणमा बेवास्ता



बुटवल । कोरोना संक्रमणका कारण मृत्यु भएका गुल्मी मदानेका शिक्षकसंगै रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार गरिएका बिरामीको कोरोना परीक्षणमा बेवास्ता गरिएको छ ।

कोरोना संक्रमण पुष्टि हुनुअघि ती शिक्षकसंगै सो अस्पतालकै आईसियु कक्षमा उपचार गरिएका तिलोत्तमा-१० की एक युवती र उनको आफन्तलाई कोरोना परीक्षणमा बेवास्ता गरिएको हो । कोरोना संक्रमणकै कारण उक्त अस्पतालमा उपचाररत ब्यक्तिको मृत्यु भईसक्दा सम्म पनि सोही अस्पतालकै आईसियु कक्षमा उपचार गरिएका बिरामी र बिरामीका आफन्तलाई कोरोना परीक्षणमा सम्बन्धित निकायले चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।

स्थानीय जनप्रतिनिधिकै उपस्थितीमा घरमा पर्चा टांसेर शंकाको घेरामा राखिएपनि परीक्षणमा बेवास्ता गरिएको भन्दै स्थानीयले चिन्ता समेत ब्यक्त गरेका छन् । कोरोनाको आशंका गरिएका ती युवती र उनको परिवारलाई कोरोना परिक्षणमा चासो नदिदां सिंगो टोल नै उच्च जोखिममा परेको भन्दै तत्काल परिक्षण गर्न स्थानियले माग गरेका छन् । उपचारकै क्रममा ज्यान गुमाएका ती शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको एक साता भईसकेको छ, भने उनको मृत्यू भएको समेत पांच दिन भईसकेको छ । तर, उनीसंगै आईसियु कक्षमा उपचार गरि घर फर्केका बिरामी र बिरामीकी आमालाई हालसम्म ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) सम्म पनि गरिएको छैन ।

कोरोना संक्रमणको आशंका गरेर घरभित्रै बस्न भनिएपनि परीक्षणमा कसैले चासो नदिएको युवतीकी आमाले गुनासो गरिन् । ती महिलाका अनुसार छोरीको स्वास्थ्यमा समस्या देखिएपछि जेठ २ गते राती अस्पताल गएका थिए । छोरीको अवस्था गम्भीर रहेको भन्दै डाक्टरले आईसियुमा राखेर उपचार गर्न सुझाएपछि छोरीलाई आईसियुमा भर्ना गरिएको उनले बताईन् । जेठ ३ गते बिहान सानी छोरी लिएर अस्पताल पूग्दा त्यहां कार्यरत नर्सले अस्पतालमा कोरोना आशंक गरिएका बिरामी रहेको भन्दै बच्चालाई किन ल्याउनुभएको भनेर समेत आफूलाई सोधिएको उनले सुनाईन् ।

छोरीको उपचारपछि जेठ ३ गते दिंउसो उनीहरु घर फर्केका थिए । “जेठ ५ गते बिहान अस्पतालबाट हामीलाई फोन आयो । ‘तपाईहरुसंगै आईसियुमा रहेका बिरामीमा कोरोना देखियो ।, त्यसैले तपाईहरु पनि १४ दिनसम्म घर भित्रै बस्नुहोला, कहीकतै नहिड्नु भनियो ।’ ‘उनले घटनाक्रम सुनाउंदै भनिन्,’- ‘यतिका दिन भईसक्यो’, न त परीक्षणका लागि कसैले चासो दिएको छ ।, न हाम्रो अवस्थाको बिषयमा सोधखोज गरिएको छ ।” “जेठ ५ गते वडा अध्यक्ष, हेल्थ पोष्ट ईन्चार्ज लगायतका केही स्थानीय ब्यक्तिहरु आउनुभयो ।

कोरोनाको सम्भावित आशंका रहेको भन्दै १४ दिन सम्म घरभित्रै बस्न भन्नुभयो ।, ‘उहांहरुले घरको भित्तामा कांगज टांसेर जानुभयो ।’ त्यसपछि उहांहरु पनि आउनुभएको छैन-उनले दुख ब्यक्त गर्दै भनिन् ।” मृतक शिक्षकमा संक्रमण देखिनु पहिले उक्त आईसियु कक्षमा कति बिरामी उपचाररत थिए त भन्ने बिषयमा बुझ्न अस्पतालका प्रशासन प्रमुख मनमोहन भट्टराईलाई टेलिफोन सम्पर्क गर्दा सो कक्षमा तीन जना बिरामी रहेको जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएलगत्तै हामीले ती सबै बिरामीलाई फोन गरेर सतर्क रहन र सम्भावित लक्षण देखा परेमा स्वास्थ्य संस्थालाई तत्काल सम्पर्क गर्न आग्रह गरिएको भट्टराईले बताए ।

परीक्षणका सन्दर्भमा पनि सरकारी निकायको समन्वयमै संक्रमितसंग निकट सम्पर्कमा रहेकाहरुको प्राथमिकताका आधारमा गरिएको उनले बताए । होम क्वारेन्टाईनमा रहेकी ती महिलाको भनाई अनुसार उक्त आईसियु कक्षमा अन्य ४ जना बिरामी र बिरामीको रेखदेख गर्ने उनीहरुका आफन्त पनि थिए । कोरोनाको शंका गरिएपछि आफूहरुको पनि कोरोना परिक्षण हुनुपर्ने आमाछोरीको भनाई छ । संगै भएका ब्यक्तिलाई कोरोना भएपछि हामीलाई पनि परिक्षण गरिनुपर्ने हो । शंकाको घेरामा राखेर मानसिक तनाब दिईएको छ, तर परीक्षण गर्न चासो दिईएको छैन– उनले दुखेसो पोखिन् ।

संगै आईसियु कक्षमा उपचाररत बिरामीमा कोरोना देखापरेपछि तत्कालै उनिहरुको पनि परीक्षण गरिनुपर्ने हो । तर संक्रमित ब्यक्तिको मृत्यू भईसक्दा सम्म पनि उनीहरुको परीक्षणमा बेवास्ता गरिनु दुखद् भएको स्थानीय घनसिंह पुनको भनाई छ । जेठ ५ गते स्थानिय जनप्रतिनिधि र स्वास्थ्यकर्मी आएर १४ दिन सम्म घरभित्रै बस्न भनिएपनि यतिका दिनसम्म कोरोना परीक्षणमा चासो नदिदा सिंगो टोल नै आंतंकीत र त्रसित बनेको स्थानीय बिक्रम केसीले बताए ।

उनीहरुको कोरोना परीक्षणका लागि पटक-पटक आग्रह गरिएको उनले बताए । यता वडा अध्यक्ष ब्यासमून चौधरीले भने परीक्षणका लागि आफूले पहल गरिरहेको प्रतिक्रिया दिए । कोरोना संक्रमितसंगै आईसियु कक्षमा उपचार गरि घर फर्केका बिरामीका बिषयमा जिज्ञासा राख्दा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब घिमिरेले सो बिषयमा अस्पतालले औपचारिक रुपमा जानकारी नै नगराएको प्रतिक्रिया दिए । त्यहां उपचाररत बिरामीमा कोरोना पुष्टि भएलगत्तै अस्पतालले सरोकारवाला निकायसंग आवश्यक समन्वय नगर्दा र सत्यतथ्य जानकारी नदिएका कारण समस्या उत्पन्न भएको घिमिरेले बताए ।

सेमराबजार हेल्थपोष्टका ईन्चार्ज कमल पाण्डेले सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा, सतर्कता र सावधानीका लागि घरमा गएर पर्चा टांसिएको प्रतिक्रिया दिए । उहांहरुमा त्यस्तो शंकास्पद केही लक्षण देखा परे तत्काल परीक्षणका लागि पहल गर्ने पाण्डेले बताए । ती शिक्षकमा कोरोना देखा परेपछि उनको उपचारमा संलग्न चिकित्सक, अस्पतालमा कार्यरत कर्मचारीको परीक्षण भईसकेको छ । सो अस्पतालमा कार्यरत चिकित्सकको मात्र नभएर उक्त अस्पताल आउनुअघि उपचार गर्न गएका अर्घाखांचीको छांया पोलीकिल्नीकका स्वास्थ्यकर्मीहरुको समेत कोरोना परिक्षण गरिसकिएको छ ।

भैरहवा स्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा गरिएको परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएपनि ती शिक्षकको सम्पर्कमा आएका गुल्मी मदानेकै एक पुरुषमा भने दुई दिन अघि मात्रै कोरोना पोजेटिभ पुष्टि भएको छ । उपचारमा संम्लग्न चिकित्सक र सम्पर्कमा रहेका अन्य ब्यक्तिहरुको समेत परीक्षण गरिदा सम्म पनि संगै आईसियु कक्षमा उपचाररत बिरामीको परीक्षणमा चासो नदिएर उनीहरुको स्वास्थ्यमाथी खेलवाड गरिएको स्थानीयको आरोप छ ।

यता प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीले संक्रमितको निकट सम्पर्कमा आएकाहरुको प्राथमिकताका आधारमा २९ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिए । परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएकाले त्यसबखत अस्पताल परिसरमा रहेकाहरु डराउनुपर्ने र आत्तिनुपर्ने अवस्था नरहेपनि सतर्क भने रहनुपर्ने गिरीले बताए । तर संक्रमितसंगै आईसियु कक्षमा अन्य बिरामी रहे नरहेको बिषयमा भने आफूलाई जानकारी नरहेको उनले बताए ।

उपचारका लागि जेठ १ गते उक्त अस्पतालको आईसियु कक्षमा भर्ना भएका ती शिक्षकमा जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल नै शिल गरिएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ६ : ०३ बजे

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका