६ जेष्ठ २०८२, मंगलबार | May 21, 2025

नेपालमा पहिलो पटक कोरोना संक्रमितको अप्रेशन



बुटवल । कोरोना भाइरस संक्रमितको नजिक जान समेत डराएर उपचार नपाएको गुनासो आएको बेला पाटन अस्पतालका चिकित्सकले भने कोरोना संक्रमितको शल्यक्रिया गरिदिएकाछन् ।

बिरामी संक्रमित हुन् भन्ने थाहा पाएकै अवस्थामा चिकित्सकहरुले उनको शल्यक्रिया गरेका हुन् । आज पाटन अस्पतालमा खुट्टाको शल्यक्रिया गरिएको छ ।

नेपालमा कोरोन संक्रमितको शल्यक्रिया भएको यो नै पहिलो घटना हो । चिकित्सकहरुले पीपीई लगाएर शल्यक्रिया गरेका थिए । अहिले बिरामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

सह प्राध्यापक डा. बिमल पाण्डे, प्राध्यापक डा. सुमन श्रेष्ठ र सह प्राध्यापक डा. तोया भट्ट सहितको टिमले बिरामीको अप्रेशन गरेका थिए ।

सर्लाहीका बिरामी एक हप्ताअघि सडक दुर्घटनामा घाइते भएका थिए । उनलाई जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो । उनको भांचिएको खुट्टाको अप्रेशन गरिएको हो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ८ : ४० बजे

चौरजहारीमा आयोजित जनसभा मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट : प्रचण्ड

रूकुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्व पौडेल गभर्नरमा नियुक्त

काठमाडौं । सरकराले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ

गभर्नरका लागि विश्व पौडेलको नाम एक नम्वरमा सिफारिस

काठमाडौं । गभर्नर सिफारिस समितिले प्राडा विश्वनाथ पौडेलको नाम एक

विश्व पौडेल विरुद्ध रिट दर्ता नगर्ने आदेश सदर

काठमाडौं। सर्वोच्च अदालतले डा विश्व पौडेललाई गभर्नर बन्ने रोक नहुने

नवलपुरमा बस र माइक्रो ठोक्किदा ९ जना घाइते, ५ को अवस्था गम्भीर

नवलपुर। नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा