११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदिय समितीबाट पारित



बुटवल । प्रदेश सभाकाे कृषि वन तथा वतावरण समितिले प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मिति २०७७/०२/१२ गते बसेकाे संसदीय समितिकाे बैठकले सर्वसम्मतिले पारित गरेको छ ।

विधेयक माथि संशाेधनकर्ता प्रदेश सभा सदस्य माननीय दिपा वि.क. र उद्योग, पर्यटन,बन तथा वातावरण मन्त्रालयका सचिव राधा वाग्लेको उपस्थितिमा आज बसेकाे समितिकाे बैठकले विधेयकमाथि दफावार छलफल पछि केही बुँदा संशाेधन सहित पारित भएको हाे ।

विधेयक माथी ब्यापक छलफल र विश्लेषण सहित आवश्यक तथा उचित सुझावलाई ग्रहण गरी विधेयकमा केही बुँदामा संशाेधन सहित तयार गरिएको विधेयक सर्वसम्मतिले पारित गरेको समितिका सचिव आलाेक अग्रहरीले जानकारी दिए ।

समितिका सभापति माननीय बिजय बहादुर यादवको सभापतित्वमा सम्पन्न बैठकमा समितिका सदस्य रहेका प्रदेश सभा सदस्यहरू मा.चेतनारायण आचार्य, मा. कृष्णध्वज खड्का, मा.दिपेन्द्र कुमार पुन मगर, मा.कमलराज श्रेष्ठ, मा.कविराम थारू र का.धमकलि चाैधरीले विधेयकमाथिकाे छलफलमा आ-आफ्नो राय सुझाव दिएका थिए ।

समिति बाट पारित भएको विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय समेत बैठकले गरेकाे छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ९ : ३० बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि