३१ भदौ २०८३, बुधबार | September 16, 2026

WHO ले रोक्यो हाड्रोक्सिक्लोरोक्विनको क्लिनकल ट्रायल, ट्रम्पको ‘डाक्टरीगिरी’लाई झट्का



विश्व स्वास्थ्य संगठन WHO ले हाड्रोक्सिक्लोरोक्विनको क्लिलिनकल ट्रायललाई अस्थायी रुपमा रोक लगाएको छ ।

विश्व स्वास्थ्य संगठन (ब्ल्यूएचओ) ले कोरोनाका बिरामीमा हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगबारे जारी क्लिनिकल ट्रायललाई तत्काका लागि अस्थायी रुपमा रोक्ने फैसला गरेको हो ।

संगठन के निदेशक डा. टेड्रोस एडहोनम गिब्रियेसुसले भनेका छन् कि यो औषधीको सुरक्षित प्रयोगबारे डेटा सेफ्टी मोनिटरिङ बोर्डले अध्ययन गर्नेछ । साथै, यो औषधीसँग जोडिएको विश्वभरको प्रयोगलाई पनि व्यापक विश्लेषण गरिनेछ ।

हाइड्रोक्सिक्लोरोक्विन या क्लोरोक्विनको प्रयोग मलेरिया र लुपसका बिरामीलाई दिइन्छ । तर, कोरोनाका बिरामीमा यो औषधीको सुरक्षित प्रयोगबारे चिकित्सकहरुले चिन्ता व्यक्त गरेका थिए ।

साइन्स जनर्मल ‘लन्सेट’ मा हालसालै छापिएको एक सोधलाई आधार मानेर डा. टेड्रोसले भनेका छन् कि कोरोना संक्रमितको उपचारमा जहाँ हाइड्रोक्सिक्लोरोक्विन औषधी प्रयोग गरिएको छ, त्यहाँ मृत्युको खतरा धेरै छ ।

अध्ययन सार्वजनिक भएपछि शनिवार विश्व स्वास्थ्य संगठनको सोलिडेरिटी ट्रायल (डब्ल्यूएचओ निगरानीमा भैरहेको कोभिड–१९ को क्लिनिकल ट्रायल) को एक्सिक्यूटिव ग्रुपको बैठक भएको थियो । १० सदस्य देशका प्रतिनिधि रहेको यस गु्रपको बैठकपछि यो औषधीसँग जोडिएको क्लिनिकल ट्रायललाई थप अध्ययन नभएसम्म तत्कालको स्थगित गर्ने निर्णय गरेको थियो । साथै विश्वभर यस औषधीबाट गरिएको प्रयोगको व्यापक विश्लेषण गर्ने फैसला गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो औषधी प्रयोगका लागि अमेरिकी चिकित्सकहरुको सल्लाह विपरित लगातार प्रोत्साहन गर्दै आएका छन् । मानौं ट्रम्प नै कोरोनाका विशेषज्ञ चिकित्कक हुन् । उनी आफैले कोरोना भाइरसबाट वच्नको लागि हाइड्रोक्सिक्लोरोक्विन खाने गरेको भन्दै औषधीको मार्केटिङ गरिरहेका छन् ।

तर, अहिलेसम्म यो औषधीको प्रयोगले कोरोना निको भएको कुनै प्रमाण मिलेको छैन । बरु अधिक प्रयोगले थप हानी गरेको भन्दै चिकित्सकहरुले प्रयोगमा चेतावनी दिइरहेका छ्न ।

हाइड्रोक्सिक्लोरोक्विनको सबैभन्दा धेरै उत्पादक भारत रहेको छ । भारतले गत मार्चमा विदेशमा निर्यात हुन प्रतिबन्ध लगाएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले प्रतिबन्ध नहटाए भारतमाथि जवाफी कारवाही गर्ने धम्की दिएपछि भारतले यो औषधी निर्यात खुला गरेको थियो ।
डब्लुएचओको निर्णयले भारतको औषधी व्यापामा पनि तत्कालका लागि धक्का लागेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ७ : ०१ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०